Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

ईदले नेपालीबिचको आपसी एकता र विश्वासलाई सुदृढ बनाओस्: नेपाली कांग्रेस


७, चैत २०८२
  • 92
    SHARES
  • ईदले नेपालीबिचको आपसी एकता र विश्वासलाई सुदृढ बनाओस्: नेपाली कांग्रेस

    काठमाडौँ । मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व ईद (ईद-उल-फित्र) को अवसरमा नेपाली कांग्रेसले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति र समृद्धिको कामना गरेको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले यस पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावको जगलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेको हो।

    नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले भरिपूर्ण सुन्दर देश भएको उल्लेख गर्दै कांग्रेसले यहाँका विभिन्न जातजातिका आफ्नै विशिष्ट परम्परा र संस्कृति रहेको जनाएको छ। विविधता बिचको यही एकता नै नेपालीको विशिष्ट पहिचान भएको र यहाँका प्रत्येक पर्वलाई सबैले आदर र सम्मान गर्ने सद्भावयुक्त परम्परा रहेको विज्ञप्तिमा उल्लेख छ। ईद पर्वले नेपाली समाजमा लामो समयदेखि धार्मिक सहिष्णुता र आपसी मेलमिलाप बढाउँदै आएको कांग्रेसको ठम्याइ छ।

    ईद पर्वले आपसी भाइचारा, सहिष्णुता, क्षमा, दया र मानवताको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको कांग्रेसले जनाएको छ। यस पवित्र अवसरले सम्पूर्ण नेपालीहरूबीच आपसी एकता, विश्वास र सहकार्यलाई अझ सुदृढ बनाउँदै राष्ट्रमा शान्ति, स्थिरता र समृद्धि कायम गर्न प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ। समाजमा मेलमिलापको वातावरण निर्माण गर्न ईद जस्ता पर्वहरूको ठुलो योगदान रहने कुरालाई कांग्रेसले जोड दिएको छ।

    पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा यस पावन अवसरले सम्पूर्ण धर्मावलम्बीहरूबिच एकताको सन्देश प्रवाह गर्ने र सामाजिक सद्भावलाई अझ प्रगाढ बनाउने कामना गरिएको छ। मुलुकमा शान्ति र समृद्धिको मार्ग प्रशस्त गर्न यो पर्वले सबैलाई ऊर्जा प्रदान गरोस् भन्दै कांग्रेसले सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा 'ईद मुबारक' व्यक्त गरेको छ।

  • विवादबीच आनी छोइङ डोल्माको स्पष्ट धारणा : लुम्बिनीको गरिमा र जिम्मेवारीबारे बहसलाई तथ्यका आधारमा बुझ्नुपर्ने

    काठमाडौ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएपछि विभिन्न प्रश्न र विवादको केन्द्रमा रहेकी आनी

  • महालक्ष्मीको पूजा र जाग्रामसँगै आज बडादसैँ समापन हुँदै

    काठमाडौं । नेपालीको महान् पर्व बडादसैँ आज कोजाग्रत पूर्णिमा मनाउँदै समापन गरिँदै छ। धनधान्य र

  • दसैँको टीकाको दोस्रो दिन पनि मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

    काठमाडौँ। बडादसैँको टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट रातो टीका र जमरा ग्रहण

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend