Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नेपाल प्रहरी र सशस्त्रका ८ अधिकारीलाई कारबाही सिफारिस


११, चैत २०८२
  • 156
    SHARES
  • नेपाल प्रहरी र सशस्त्रका ८ अधिकारीलाई कारबाही सिफारिस

    काठमाडौँ । जेनजी आन्दोलनबारे जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले नेपाल प्रहरी र सशस्त्र प्रहरीका ८ जना अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

    आयोगले सरकारलाई बुझाए पनि गोप्य नै राखिएको उक्त प्रतिवेदनमा नेपाल प्रहरीका ५ र सशस्त्र प्रहरीका ३ जना गरी ८ जना अधिकारीमाथि कारबाहीको सिफारिस गरेको पाइएको हो ।

    जनआस्थाले केही अंशसहित सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाह, प्रहरी नायव महानिरीक्षक ओमबहादुर राना, प्रहरी नायव महानिरीक्षक विश्व अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक दीपशम्शेर जबरा र प्रहरी उपरीक्षक ऋषिराम कँडेललाई कारबाही सिफारिस गरिएको हो ।

    त्यस्तै, सशस्त्र प्रहरीतर्फ सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, अर्का सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरेशकुमार श्रेष्ठ, र सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीलाई आयोगले कारबाही सिफारिस गरेको हो ।

    उनीहरूलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने अवस्था देखिन आएको आयोगले उल्लेख गरेको छ । 

  • कर छली नियन्त्रणमा आन्तरिक राजस्व विभागको कडाइ, ३६० करदाताको विस्तृत अनुसन्धान हुने

    काठमाडौं । कारोबारलाई डिजिटल प्रणालीमा आबद्ध गर्दै कर छली नियन्त्रण, राजस्व चुहावट रोकथाम र अर्थतन्त्रलाई

  • त्रिभुवन विमानस्थलमा फेरि तनाव, दुर्गा प्रसाईँका समर्थक र प्रहरीबीच घम्साघम्सी

    काठमाडौं । झापाबाट काठमाडौं फर्किएका दुर्गा प्रसाईँलाई विमानस्थल परिसरमा सञ्चारमाध्यमसँग प्रतिक्रिया दिन प्रहरीले रोकेपछि त्रिभुवन

  • जेनजी सहिद स्मृति सभामा विवादित पात्रको उपस्थितिले उठायो गम्भीर प्रश्न

    सरकारी सहभागिता रहेको संवेदनशील कार्यक्रममा श्रीनिवास आचार्य र विजय भण्डारीको उपस्थितिमाथि आयोजकसँग जवाफ माग काठमाडौं ।

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend