Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्रीको १२ वर्ष पुरानो र्‍याप ब्याटल हटाउन माग गर्दै साइबर ब्यूरोमा उजुरी


४, वैशाख २०८३
  • 97
    SHARES
  • प्रधानमन्त्रीको १२ वर्ष पुरानो र्‍याप ब्याटल हटाउन माग गर्दै साइबर ब्यूरोमा उजुरी

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को र्‍याप ब्याटल हटाउन माग गर्दै साइबर ब्यूरोमा उजुरी परेको छ ।

    पूर्व सभासद् सुनिलबाबु पन्तले ब्यूरोमा उजुरी दिएका हुन् ।  शाहले ‘रअ बार्ज’ मा गरेको ब्याटल युट्युबबाट हटाउनु पर्ने पन्तले निवेदनमा उल्लेख गरेका छन् ।

    उजुरीमा शाहले सो ब्याटलमा अश्लीलता प्रदर्शन गरेको दाबी गरिएको छ ।  पूर्वसभासद् पन्तले दिएको उजुरीमाथि अनुसन्धान थालिएको साइबर ब्युरोका एसपी दिलीप गिरीले बताए । उनले भने, ‘हाम्रो प्राविधिक टिमले हेरिरहेको छ ।’

     र्‍याप ब्याटलमा गाएको १२ वर्षअघिको गीत आपत्तिजनक रहेको उजुरकर्ता पूर्व सभासद् पन्तले बताए । उनले भने, ‘त्यसमा अन्यलिंगी परिवारलाई आक्षेप लगाएर आपत्तिजनक शब्द प्रयोग गरिएको रहेछ  ।’ 

    र्‍याप ब्याटलमा प्रधानमन्त्री शाह सहितका युवाहरूले एक अर्कालाई छक्का र बलात्कार जस्ता शब्द प्रयोग गरेका छन् । केही दिन अघि प्रधानमन्त्रीलाई अश्लील गाली गरेको आरोपमा एक युट्युबर पक्राउ परेपछि व्यङ्ग्य स्वरुप सो ब्याटललाई धेरैले सेयर गरेका थिए ।

    सो गीत रिर्फेस भएर भाइरल भइरहेको र १ करोड ५० लाखले हेरेको हुनाले पन्तले सो गीत युट्युबाट हटाउन माग गरेका छन् ।

  • लोकदोहोरी प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित

    काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा

  • नाना पाटेकरको निधन : भारतीय सिनेमाले गुमायो प्रभावशाली कलाकार

    काठमाडौँ । बलिउड तथा मराठी सिनेमाका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको

  • ९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार, सौगातसँगै डेब्यु गर्दै सोफी

    काठमाडौँ । अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र जुबा को छायाङ्कन सम्पन्न भएको छ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend