Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

दक्षिण एसियाली ज्योतिष महासंघको २३औँ वार्षिकोत्सव भव्य सम्पन्न


६, वैशाख २०८३
  • 529
    SHARES
  • दक्षिण एसियाली ज्योतिष महासंघको २३औँ वार्षिकोत्सव भव्य सम्पन्न

    काठमाडौँ । दक्षिण एसियाली ज्योतिष महासंघको २३औँ वार्षिकोत्सव समारोह काठमाडौँको डिल्लीबजारस्थित होटल पेन्सन वासनामा भव्य रूपमा सम्पन्न भएको छ।

    कार्यक्रममा ज्योतिष क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। समारोहमा महासंघका मार्गदर्शक तथा विश्व ज्योतिष महासंघका अध्यक्ष डा. लोकराज पौडेल, नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति आचार्य पूर्णचन्द्र ढुङ्गेल, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष नायब बडागुरु प्राडा माधव भट्टराई, प्रा. श्रीकृष्ण अधिकारी, कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थी, सहअध्यक्ष आचार्य डा. अशोककुमार मिश्र, पूर्व मन्त्री डा. कान्ता भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै महासंघको निरन्तर प्रगतिको कामना गरे।

    त्यस्तै कार्यक्रममा विश्व ज्योतिष महासंघका वरिष्ठ उपाध्यक्ष पं. विष्णुदत्त लेखक, उपाध्यक्ष ताराप्रसाद नेपाल, महासचिव श्रीकेश कौशिक, दक्षिण एसियाली ज्योतिष महासंघका उपाध्यक्षहरू डा. देविप्रसाद खनाल, डा. अम्बिका शर्मा लामिछाने, डा. आत्माराम उप्रेती, राष्ट्रिय समिति नेपालका वरिष्ठ उपसभापति दुर्गामणि गौतम, महासचिव तथा अन्तर्राष्ट्रिय समितिका प्रवक्ता रविन पंगेनी, नेपाल ज्योतिष परिषद्का उपाध्यक्षद्वय लिलाराज शर्मा र सुदर्शन पौडेल, सचिव शिवलाल पौडेल लगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रममा ज्योतिष क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको छ। दै. ज्यो. दिपेशमान जोशी र रेवीका श्रेष्ठलाई ‘वास्तु रत्न’ तथा ज्यो. ऋषिराज घिमिरेलाई ‘भृगु अवार्ड’ प्रदान गरिएको आयोजकले जनाएको छ।

    महासंघका अध्यक्ष डा. सहदेव विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष डा. देविप्रसाद खनालले स्वागत मन्तव्य राख्नुभएको थियो भने आचार्य लक्ष्मण गौतमले धन्यवाद ज्ञापन गर्नुभयो। कार्यक्रमको सहजीकरण महासचिव भरतमणि ज्ञवालीले गर्नुभएको थियो।

    75d017e0-6d17-43dd-b14f-17f6b265af74.jpg
    undefined

  • भविष्य मालिका अनुसार कलियुगको अन्त्यतर्फ बढ्दै जाने आध्यात्मिक तथा खगोलीय परिवर्तनबारे चर्चा

    काठमाडौं । हिन्दू धार्मिक तथा आध्यात्मिक परम्परामा चर्चित भविष्य मालिकामा कलियुगको अन्त्यसँग सम्बन्धित विभिन्न खगोलीय,

  • तीजको रौनक सुरु, आज दर खाने दिन

    काठमाडौं । नेपाली महिलाको प्रमुख सांस्कृतिक पर्व हरितालिका (तीज) आजदेखि दर खाएसँगै औपचारिक रूपमा सुरु

  • प्राकृतिक विपत्तिमा ‘आत्मोद्धार’को संकल्प : देवीघाटमा लाखबत्ती प्रज्वलनसहित विशेष आध्यात्मिक अनुष्ठान

    त्रिशूली बाढीका दिवङ्गतप्रति श्रद्धाञ्जलि, पीडितको उद्धार र पुनःस्थापनाका लागि सरकार-समाजलाई सहकार्यको आह्वान काठमाडौं । त्रिशूली नदीमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend