Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथ आज एक दिन सुन्धारामै रहने


११, वैशाख २०८३
  • 108
    SHARES
  • ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथ आज एक दिन सुन्धारामै रहने

    काठमाण्डौ - ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथ र मिननाथको रथ आज एक दिन सुन्धारामै रहने छ । पुलचोकबाट मंगलबार तान्न शुरू गरिएको रथ गा:बहाल, मंगलबजार हुँदै हिजो तेस्रो दिन सुन्धारा पुर्‍याइएको हो । 

    सुन्धारामा पुगेको दुइटै रथलाई एक दिन विश्राम दिने परम्परा छ । यो दिन देवतालाई आराम गराउने र विशेष पूजा गर्ने समय मानिन्छ । यो चलन धेरै पुरानो  र पुस्तौँदेखि निरन्तरता दिइँदै आएको छ । 

    दोश्रो विश्राम स्थलमा रथ पुर्‍याइएपछि बाराही गुठियारले पनिस्था पूजा गर्नु पर्ने परम्परा अनुसार आज सुन्धारामा होमसहित पनिस्था पूजा हुने रथ निर्माणमा संलग्न बाराही नाइके दिल कुमार बाराहीले बताउनु भयो । उहाँका अनुसार जात्राको क्रममा कुनै विध्नबाघा नआओस्, रथका कारणबाट कसैलाई केही क्षति नहोस् भनेर पनिस्था पूजा गरिन्छ । 

    भोलि रथलाई सुन्धाराबाट लगनखेलतर्फ लैजानको लागि चाःबहासम्म तानिनेछ । त्यसपछि लगनखेलमा पुर्‍याएर नरिवल खसाल्ने जात्रा हुन्छ भने त्यसपछि जावलाखेल लानका लागि साइत हेरेर त्यहाँ लगिनेछ । पाटनको प्रसिद्ध यो रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रामध्ये एक हो । 

    लिच्छवीकालमा उपत्यकामा पानी नपरेर अनिकाल भएकोले अहिलेको भारतको आसाममा पर्ने कामरुकामाक्षबाट रातो मच्छिन्द्रनाथलाई काठमाण्डौ उपत्यकामा ल्याएको र त्यसपछि सहकाल शुरु भएको किंवदन्ती छ । 

  • भविष्य मालिका अनुसार कलियुगको अन्त्यतर्फ बढ्दै जाने आध्यात्मिक तथा खगोलीय परिवर्तनबारे चर्चा

    काठमाडौं । हिन्दू धार्मिक तथा आध्यात्मिक परम्परामा चर्चित भविष्य मालिकामा कलियुगको अन्त्यसँग सम्बन्धित विभिन्न खगोलीय,

  • तीजको रौनक सुरु, आज दर खाने दिन

    काठमाडौं । नेपाली महिलाको प्रमुख सांस्कृतिक पर्व हरितालिका (तीज) आजदेखि दर खाएसँगै औपचारिक रूपमा सुरु

  • प्राकृतिक विपत्तिमा ‘आत्मोद्धार’को संकल्प : देवीघाटमा लाखबत्ती प्रज्वलनसहित विशेष आध्यात्मिक अनुष्ठान

    त्रिशूली बाढीका दिवङ्गतप्रति श्रद्धाञ्जलि, पीडितको उद्धार र पुनःस्थापनाका लागि सरकार-समाजलाई सहकार्यको आह्वान काठमाडौं । त्रिशूली नदीमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend