Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राजेश हमालको टिभी शो ‘यो नेपाली शिर उचाली सिजन २‘ आजदेखि


३०, वैशाख २०८३
  • 77
    SHARES
  • राजेश हमालको टिभी शो ‘यो नेपाली शिर उचाली सिजन २‘ आजदेखि

    काठमाडौं । अभिनेता राजेश हमालको टेलिभिजन शो ‘यो नेपाली शिर उचाली सिजन २’ आज (बुधबार) देखि प्रसारण हुने भएको छ ।

    साप्ताहिक रुपमा साँझ ८ बजेर ३० मिनेटमा हिमालय टेलिभिजनमा प्रसारण हुने कार्यक्रमलाई युट्युब च्यानल ‘यो नेपाली शिर उचाली’ मा पनि हेर्न सकिनेछ ।

    कार्यक्रममा हमालले विदेशी भूमिमा संघर्ष गरि गर्व गर्न लायक काम गरेका नेपालीसँग उनीहरुको कर्म थलोमै पुगेर साक्षात्कार गर्नेछन् । कार्यक्रमको दोस्रो सिजन अष्ट्रेलिया केन्द्रित रहने छ भने त्यहाँका विभिन्न शहरमा विविध क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेका नेपालीको कथा समेटिने छ ।

    मुभ मिडिया प्रालिले उत्पादन गरेको कार्यक्रम अष्ट्रेलियामा एसजिटी प्रोडक्सनको सहकार्यमा छायाङ्कन गरिएको हो । कार्यकारी निर्माता विवेक रेग्मीले पहिलो सिजन जस्तै यो सिजन पनि १३ भागको हुने जानकारी दिएका छन् ।

    रेग्मीले कार्यक्रममा समेटिने कथाहरू संसारभर रहेका नेपालीका लागि प्रेरणा बन्ने बताएका छन् । कार्यक्रम संसारभरका पौरखी नेपालीसँग भएको ज्ञान र सीपलाई स्वदेशसँग कसरी जोड्ने भन्ने बहसको सार्थक थालनी भएको उनको विश्वास छ ।

    कार्यक्रमको पहिलो सिजन गतवर्ष युरोपबाट सुरु भएको थियो । निर्माता रेग्मीका अनुसार कार्यक्रमले पालैपालो विश्वभर छरिएका नेपालीको पौरखको कथा समेट्दै जानेछ ।

  • लोकदोहोरी प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित

    काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा

  • नाना पाटेकरको निधन : भारतीय सिनेमाले गुमायो प्रभावशाली कलाकार

    काठमाडौँ । बलिउड तथा मराठी सिनेमाका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको

  • ९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार, सौगातसँगै डेब्यु गर्दै सोफी

    काठमाडौँ । अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र जुबा को छायाङ्कन सम्पन्न भएको छ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend