काठमाडौँ । आजको राशिफल अनुसार मेष, वृष, सिंह, तुला, कुम्भ र मीन गरी ६ राशिका जातकहरूका लागि दिन विशेष फलदायी रहने देखिएको छ। यी राशि हुनेहरूलाई धन लाभका नयाँ अवसर मिल्ने, कार्यक्षेत्रमा उन्नति हुने, वैदेशिक यात्रा तथा धार्मिक यात्राको योग बन्ने र पारिवारिक सुख प्राप्त हुनेछ।
अर्कोतर्फ मिथुन, कर्कट, कन्या, वृश्चिक, मकर र धनु राशिका जातकहरूले भने आज विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ। यी राशि भएका व्यक्तिहरूलाई कार्यक्षेत्रमा अनावश्यक तनाव, स्वास्थ्य समस्या, पढाइमा बाधा, शत्रु वा अवसरवादीहरूबाट धोका र खर्चमा वृद्धिका कारण मन चिन्तित हुन सक्ने भएकाले योजनावद्ध रूपमा चल्न र सुनेको भरमा निर्णय नलिन ज्योतिषीय सुझाव छ।