Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

तेरिया मगरको साथमा चलचित्र ‘मितज्यू’ : प्रवर्द्धनमा जुटिन् डान्सिङ स्टार


१५, जेठ २०८३
  • 135
    SHARES
  • तेरिया मगरको साथमा चलचित्र ‘मितज्यू’ : प्रवर्द्धनमा जुटिन् डान्सिङ स्टार

    काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा चर्चाको केन्द्र बनेको चलचित्र ‘मितज्यू’ लाई यतिबेला चर्चित डान्सर तथा अन्तर्राष्ट्रिय डान्स रियालिटी शो विजेता तेरिया मगरले खुलेर साथ दिएकी छिन्। मौलिक कथा, नेपाली संस्कृति र आत्मीय सम्बन्धको भाव बोकेको यस चलचित्रको प्रवर्द्धनमा तेरिया सक्रिय रूपमा देखिएकी हुन्।

    तेरियाले आफ्ना सामाजिक सञ्जालमार्फत चलचित्र ‘मितज्यू’ को प्रचारप्रसार गर्दै दर्शकलाई चलचित्र हेर्न आग्रह गरिरहेकी छिन्। नेपालीपन झल्काउने कथावस्तु भएका चलचित्रलाई सबैले साथ दिनुपर्ने उनको भनाइ छ। उनले ‘मितज्यू’ शब्दले नेपाली समाजमा बोकेको आत्मीयता, विश्वास र सम्बन्धको भावलाई चलचित्रले सुन्दर ढंगले प्रस्तुत गरेको उल्लेख गर्दै यस्ता मौलिक सिर्जनाले नेपाली चलचित्र उद्योगलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेकी छिन्।

    तेरियाले चलचित्रमा आबद्ध कलाकार तथा प्राविधिक टोलीको मेहनतको पनि खुलेर प्रशंसा गरेकी छिन्। नवप्रवेशी र स्थापित कलाकारहरूको अभिनयप्रति सकारात्मक प्रतिक्रिया दिँदै उनले ‘मितज्यू’ नेपाली चलचित्र क्षेत्रका लागि महत्वपूर्ण चलचित्र बन्न सक्ने बताएकी छन्।

    दुई साथीबीचको भावनात्मक सम्बन्ध, पारिवारिक उतारचढाव र नेपाली समाजको वास्तविक परिवेशलाई केन्द्रमा राखेर निर्माण गरिएको ‘मितज्यू’ को गीत–संगीत र ट्रेलरले यसअघि नै दर्शकमाझ राम्रो प्रतिक्रिया पाइसकेको छ।

    तेरिया मगरले भनेकी छिन्,
    “हाम्रो आफ्नै माटो, संस्कृति र सम्बन्धका कथालाई हामी आफैंले माया गर्नुपर्छ। ‘मितज्यू’ त्यस्तै आत्मीय चलचित्र हो, जसलाई सबैले साथ दिनुपर्छ।”

    तेरियाको खुला समर्थनपछि चलचित्र ‘मितज्यू’ को टोली उत्साहित बनेको छ। उनको लोकप्रियता र प्रभावले चलचित्रको प्रवर्द्धनमा थप ऊर्जा मिल्ने तथा बक्स अफिसमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

  • लोकदोहोरी प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित

    काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा

  • नाना पाटेकरको निधन : भारतीय सिनेमाले गुमायो प्रभावशाली कलाकार

    काठमाडौँ । बलिउड तथा मराठी सिनेमाका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको

  • ९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार, सौगातसँगै डेब्यु गर्दै सोफी

    काठमाडौँ । अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र जुबा को छायाङ्कन सम्पन्न भएको छ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend