Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘मालती मंगले’ देखाउन अमेरिका उडे रामकृष्ण


२०, जेठ २०८३
  • 100
    SHARES
  • ‘मालती मंगले’ देखाउन अमेरिका उडे रामकृष्ण

    काठमाडाैं ।  नेपालमा सकारात्मक प्रतिक्रिया पाएको फिल्म ‘मालती मंगले’को विदेश प्रदर्शनका लागि यसका निर्माता तथा गायक रामकृष्ण ढकाल अमेरिका प्रस्थान गरेका छन् । फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शनमा आफैँ सहभागी हुने उद्देश्यले उनी बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन् । पहिलो चरणअन्तर्गत उनले अमेरिका, क्यानडा र अस्ट्रेलियाको भ्रमण गर्नेछन्  ।

    तीन देशमा हुने फिल्मको विशेष प्रदर्शनीमा सहभागी भएपछि युरोपलगायत अन्य मुलुकहरूमा पनि जाने योजना रहेको ढकालले बताए । फिल्मको विश्वव्यापी प्रदर्शनका क्रममा दर्शकहरूसँग ‘मिट एन्ड ग्रिट’ र गायक ढकालको सांगीतिक कार्यक्रम समेत सँगसँगै आयोजना हुनेछ । उनी विदेशमा बस्ने नेपाली दर्शकलाई फिल्म देखाउन उत्साहित देखिएका छन् । 

    निर्माण टिमले सार्वजनिक गरेको तालिकाअनुसार अमेरिकाको बोस्टनमा ५ जुन (२२ जेठ) र न्यु ह्याम्पसायरमा ६ जुन (२३ जेठ)मा फिल्म प्रदर्शन तथा सांगीतिक कार्यक्रम आयोजना हुनेछ । त्यसपछि नर्थ क्यारोलाइना, कोलोराडो र टेक्सास हुँदै जुनको तेस्रो साता क्यानडाको टोरन्टो र जुलाई ४ (असार २०)मा अस्ट्रेलियाको सिड्नीमा फिल्मको रेड कार्पेट प्रिमियर शो राखिएको छ । 

    एक दम्पतीको सम्बन्धमा आउने उतारचढावको कथामा आधारित यस फिल्ममा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला, सुनिल तामाङ, सुवर्ण थापालगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मलाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन् ।

    सागर ज्ञवाली कार्यकारी निर्माता रहेको फिल्मको कथा निर्देशक पाण्डेय स्वयंको हो भने पटकथा तथा संवाद लेखनमा उनलाई संयोग गुरागाईँले साथ दिएका छन् । फिल्ममा महेश पौडेलको छायाङ्कन, रोमी मोजेजको सम्पादन तथा कृष्ण भण्डारीको रङ्ग संयोजन रहेको छ । यो फिल्मले गत शनिबारसम्म घरेलु बक्स अफिसमा ५० लाखमाथिको व्यापार गरेको छ ।

  • लोकदोहोरी प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित

    काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा

  • नाना पाटेकरको निधन : भारतीय सिनेमाले गुमायो प्रभावशाली कलाकार

    काठमाडौँ । बलिउड तथा मराठी सिनेमाका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको

  • ९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार, सौगातसँगै डेब्यु गर्दै सोफी

    काठमाडौँ । अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र जुबा को छायाङ्कन सम्पन्न भएको छ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend