Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

रुपन्देही क्रिकेट संघको नेतृत्वमा हरिबहादुर थापा, शक्ति गौचन पुनः पराजित


२६, जेठ २०८३
  • 74
    SHARES
  • रुपन्देही क्रिकेट संघको नेतृत्वमा हरिबहादुर थापा, शक्ति गौचन पुनः पराजित

    बुटवल । रुपन्देही क्रिकेट संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा हरिबहादुर थापा अध्यक्षमा निर्वाचित भएका छन् । 

    थापा ६९ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिस्पर्धी शक्ति गौचनले ४९ मत प्राप्त गरे ।

    राष्ट्रिय टोलीका पूर्वखेलाडी समेत रहेका गौचन चार वर्षअघि भएको निर्वाचनमा अध्यक्षमा थापासँग पराजित भएका थिए । थापा पुनः अध्यक्षमा दोहोरिएका हुन् ।

    उपाध्यक्षमा खेमराज भुसाल ६९ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी सञ्जीव जोशीले ५० मत प्राप्त गरे । सचिव पदमा उदयकुमार मल्लिक ६८ मतसहित निर्वाचित हुँदा प्रतिम पराजुलीले ५१ मत पाए ।

    कोषाध्यक्षमा धिरज अधिकारी क्षेत्री ७७ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी सत्यजित सरकारले ४१ मत प्राप्त गरे । महिला सदस्य पदमा उमा अधिकारी ७७ मतसहित निर्वाचित हुँदा अलिसा केसीले ४२ मत प्राप्त गरिन् ।

    सदस्य पदका लागि भएको प्रतिस्पर्धामा प्रशान्त विक्रम मल्ल (८९), निरजप्रताप खाण (७३), पुनित पोख्रेल (६७), विजयसिंह ज्ञवाली (६४), अन्तिम थापा (५९), मनोज भण्डारी (५९), ज्वालेसप्रसाद प्रधान (५८), ताराप्रसाद पाठक (५६), भुवन पाण्डे (५६) र कृष्णकुमार कुँवर (५२) विजयी भए ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend