Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘अल्फा’को टिजरमा आलियाको एक्सन अवतार


२८, जेठ २०८३
  • 94
    SHARES
  • ‘अल्फा’को टिजरमा आलियाको एक्सन अवतार

    काठमाडौं । यशराज फिल्म्स (वाईआरएफ)को स्पाई यूनिभर्सको नयाँ फिल्म ‘अल्फा’को टिजर सार्वजनिक भएको छ । बुधबार युट्युबमार्फत सार्वजनिक झन्डै २ मिनेट लम्बाइको टिजरले फिल्मको कथावस्तु प्रस्ट पार्न खोजेको छ । अभिनेता बबी देओल र अभिनेत्री आलिया भट्टलाई केन्द्रमा राखिएको टिजरमा आलिया एक्सन अवतारमा देखिएकी छन् । 

    बबी र आलिया बाबुछोरीको भूमिकामा छन् । बबीले छोरीलाई सानैदेखि कुनै उद्देश्यका लागि कठोरपूर्ण सैनिक तालिम दिइरहेका हुन्छन् । जब आलिया १८ वर्षकी हुन्छिन्, त्यसै दिन बबीले उनलाई एउटा ‘मिशन’ पूरा गर्ने जिम्मेवारी दिन्छन् । यसपछि आलिया सिपाही शैलीमा साहसिक एक्सन गर्दै देखिएकी छन् । एक्सन दृश्यहरूमा उनी आक्रामक अवतारमा प्रस्तुत भएकी छन् ।

    जुलाई ३ मा प्रदर्शन हुने ‘अल्फा’ एक महिलाप्रधान एक्सन फिल्म हो । यसमा बबी र आलियासहित शरवरी वाघ, अनिल कपूर, र आर. माधवन पनि मुख्य भूमिकामा छन् । आदित्य चोपडा निर्माता रहेको फिल्मको निर्देशन शिव रवैलले गरेका हुन् । ‘फ्यान’, ‘धुम ३’ जस्ता फिल्ममा सहायक निर्देशक भएर काम गरेका शिवको ‘अल्फा’ पहिलो फिचर फिल्म हो । 

    ‘वाईआरएफ स्पाई युनिभर्स’ भारतकै सबैभन्दा सफल स्पाइ–थ्रिलर फ्रेन्चाइजमध्ये एक मानिन्छ । यस युनिभर्सको सुरुवात सन् २०१२ मा प्रदर्शनमा आएको ‘एक था टाइगर’बाट भएको थियो, जसमा सलमान खान मुख्य भूमिकामा थिए । ‘अल्फा’ यशराज फिल्म्सको सातौं स्पाई यूनिभर्स फिल्म हो । यो फिल्म एक सय करोडको लागतमा निर्माण भएको बताइएको छ । 

     

  • लोकदोहोरी प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित

    काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा

  • नाना पाटेकरको निधन : भारतीय सिनेमाले गुमायो प्रभावशाली कलाकार

    काठमाडौँ । बलिउड तथा मराठी सिनेमाका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको

  • ९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार, सौगातसँगै डेब्यु गर्दै सोफी

    काठमाडौँ । अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र जुबा को छायाङ्कन सम्पन्न भएको छ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend