Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

निर्जला एकादशीको व्रत आज, तुलसी दल अर्पणले विष्णुको विशेष कृपा प्राप्त हुने विश्वास


११, असार २०८३
  • 126
    SHARES
  • निर्जला एकादशीको व्रत आज, तुलसी दल अर्पणले विष्णुको विशेष कृपा प्राप्त हुने विश्वास

    काठमाडौँ । ज्येष्ठ शुक्ल पक्षको एकादशीलाई निर्जला एकादशी भनिन्छ । श्रीहरिको प्रिय तिथि एकादशीमा  भगवान् नारायणको पूजा गरिन्छ । आजको दिन गङ्गा तथा अन्य पवित्र नदीमा स्नान गरी पानीसमेत त्याग गरी व्रत बस्ने विधान रहेको छ । 

    आज पूर्ण रूपले उपबास बसी जल वा सर्बतले भरिएको घडा दान गर्नाले दान गर्ने व्यक्तिलाई श्रीहरिको कृपा रहने कुरा शास्त्रमा वर्णन गरिएको छ ।

    आज पवित्र स्थानमा तुलसीको दल राखेर हरिशयनी एकादशीको दिन तुलसीको मठमा रोपेर हरिबोधिनी एकादशीको दिन भगवान् विष्णु भगवानसँग विवाह गर्ने प्रचलन रहेको छ । अन्य एकादशीमा व्रत गर्न असमर्थहरूका लागि पनि आजको दिन व्रत गर्नाले शुभ फल प्राप्त हुनेछ ।

    जुन भक्तले शम, दम र दानमा प्रवृत्त भई श्रीहरिको पूजा र रात्रिको समयमा जागरण गर्दै यस ‘निर्जला एकादशी’को व्रत गरेको छ, उसले आफूसँगै बितेका सय पुस्ताका र आगामी सय पुस्ताका व्यक्तिहरूलाई भगवान् वासुदेवको परमधाममा पुर्याउँछ । निर्जला एकादशीका दिन अन्न, वस्त्र, गौ, जल, शय्या, सुन्दर आसन, कमण्डलु तथा छाता दान गर्नुपर्दछ ।

    व्यास भन्छन्-'हे भीमसेन ! ज्येष्ठ मासमा शुक्ल पक्षको जुन शुभ एकादशी हुन्छ, त्यसको निर्जल व्रत गर्नुपर्दछ । त्यस दिन शख्खरसित जलको घडा  दान गर्नुपर्दछ । यसो गर्नाले मनुष्यले भगवान् विष्णुका समीपमा पुगेर आनन्दको अनुभव गर्दछ । तत्पश्चात् द्वादशीमा दिन दुःखीलाई भोजन गराए पछि स्वयं आफूले पनि भोजन गर्नुपर्छ । जसले यसरी पूर्ण रूपले यस पापनाशिनी एकादशीको व्रत गर्छ, ऊ सबै पापबाट मुक्त भई आनंदमय पद प्राप्त गर्न सफल हुन्छ ।' यो सुनेर भीमसेनले पनि यस शुभ एकादशीको व्रत आरम्भ गरे ।

    तुलसीको दल राख्ने विधि

    • बिहान उठेर नित्य कर्म सकाएर गङ्गा तथा पवित्र नदी तथा खोलामा स्नान गर्ने,
    • पूजा स्थलमा सफा गरी भगवान् विष्णु, नारायण, श्रीकृष्ण वा शालीग्राको मुर्ति स्थापना गर्ने ।
    • तुलसी दल सङ्कलन गर्ने 

    एक दिनअघि वा बिहान स्नानपछि श्रद्धापूर्वक तुलसी टिप्ने, तुलसी टिप्दा “ॐ नमो भागवते वासुदेवाय“ वा विष्णु मन्त्र जप गर्न सकिन्छ ।  भगवानलाई जल, अक्षता, फूल, धूप, दीप अर्पण गरेपछि तुलसी दल चढाउने, प्रत्येक पात अर्पण गर्दा “ॐ नमो नारायणाय“ वा “ॐ नमो भागवते वासुदेवाय“ मन्त्र जप गन्दिनुपर्दछ ।

    आज विष्णु सहस्रनाम वा हरिनाम सङ्कीर्तन गर्दै तुलसी अर्पण गर्नु विशेष फलदायी मानिन्छ । पूजा सम्पन्न भएपछि भगवानलाई चढाइएको तुलसी दल प्रसादका रूपमा ग्रहण गर्न सकिन्छ ।

    धार्मिक महत्त्व

    तुलसीलाई देवी स्वरूप मानिने हुनाले एकादशीमा तुलसी दल अर्पण गर्दा विष्णुको विशेष कृपा प्राप्त हुने विश्वास रहेको छ । आजको दिन निर्जला व्रत बस्नाले पाप क्षय, मनोकामना पूर्ति र आध्यात्मिक उन्नति हुने कुरा शास्त्रमा वर्णन गरिएको छ । 

  • विवादबीच आनी छोइङ डोल्माको स्पष्ट धारणा : लुम्बिनीको गरिमा र जिम्मेवारीबारे बहसलाई तथ्यका आधारमा बुझ्नुपर्ने

    काठमाडौ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएपछि विभिन्न प्रश्न र विवादको केन्द्रमा रहेकी आनी

  • महालक्ष्मीको पूजा र जाग्रामसँगै आज बडादसैँ समापन हुँदै

    काठमाडौं । नेपालीको महान् पर्व बडादसैँ आज कोजाग्रत पूर्णिमा मनाउँदै समापन गरिँदै छ। धनधान्य र

  • दसैँको टीकाको दोस्रो दिन पनि मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

    काठमाडौँ। बडादसैँको टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट रातो टीका र जमरा ग्रहण

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend