काठमाडौं । चलचित्र ‘हन्टर’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै चलचित्र आगामी असोज ९ गतेबाट प्रदर्शन हुने जानकारी दिएको छ ।
जीवन सिंहको लेखन तथा निर्देशन रहेको चलचित्रको पोस्टरमा दुई मुख्य पात्रहरू अरुण क्षेत्री र प्रकाश शाहलाई आमनेसामने देखाइएको छ । उनीहरूको मुहारमा प्रतिशोध देखिएको छ ।
चलचित्रका लेखन तनिर्देशक सिंहले ‘हन्टर’ को कथा नेपाली समाजकै वास्तविक पात्रहरूबाट प्रभावित भएर तयार पारिएको बताएका छन् ।
निर्देशक सिंहकै सम्पादन रहेको चलचित्रमा कृष्ण थापाको डीओपी रहेको छ ।