Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कांग्रेसको स्थायी अभिलेखमा


१३, असार २०८३
  • 96
    SHARES
  • नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कांग्रेसको स्थायी अभिलेखमा

    काठमाडौं । नेपाली, नेपालभाषा र मैथिली भाषाका एक दर्जनभन्दा बढी नेपाली स्रष्टाले आफ्नै स्वरमा वाचन गरेका रचनाका अंश लाइब्रेरी अफ कांग्रेसको स्थायी डिजिटल अभिलेखमा समावेश भएका छन् । 

    यससँगै यो ध्वनि अभिलेख विश्वभरका पाठक, अध्येता र अनुसन्धानकर्ताका लागि खुला भएका छन् । दक्षिण एसियाली साहित्यिक ध्वनि अभिलेख परियोजनाअन्तर्गत ती ध्वनि सामग्री हालै नयाँ डिजिटल स्वरूपमा सार्वजनिक गरिएको हो । 

    एक वर्ष लामो पुनर्संरचना तथा अनलाइन प्रस्तुतीकरण परियोजनापछि लाइब्रेरी अफ कांग्रेसले ती अभिलेखलाई विश्वव्यापी अध्ययन र अनुसन्धानका लागि सहज पहुँचमा ल्याएको जनाएको छ ।

    लाइब्रेरी अफ कांग्रेसले यसअघि सन् २००४ मा माधव घिमिरे, मोहन कोइराला, मदनमणि दीक्षित, ध्रुवचन्द्र गौतम, बानीरा गिरि, भुवन ढुंगाना र दिनेश अधिकारीका आफ्नै स्वरमा वाचन गरिएका रचनाहरू संकलन गरेको थियो । 

    पछिल्लो परियोजनाले त्यस परम्परालाई विस्तार गर्दै समकालीन नेपाली, नेपालभाषा र मैथिली साहित्यका स्रष्टाका स्वरलाई पनि अन्तरराष्ट्रिय साहित्यिक अभिलेखमा समेटेको हो ।

    नयाँ संग्रहमा अभि सुवेदी, अशेष मल्ल, कालीप्रसाद रिजाल, कृसु क्षेत्री, नारायण ढकाल, प्रतिसरा सायमी, भुवनहरि सिग्देल, मनु मञ्जिल, माया ठकुरी, मोमिला, राजेन्द्र विमल, शारदा शर्मा, श्रवण मुकारुङ, सरुभक्त, धीरेन्द्र प्रेमर्षी र ज्ञानुवाकर पौडेललगायत स्रष्टाले आफ्नै स्वरमा वाचन गरेका रचनाका अंश समावेश छन् ।

    साहित्यकार कृसु क्षेत्रीका अनुसार यी ध्वनि अभिलेखले सिर्जनालाई मात्र नभई स्रष्टाको उच्चारण, लय, भावप्रवाह र भाषिक संस्कृतिलाई समेत भावी पुस्ताका लागि सुरक्षित गरेका छन् ।

    बंगलादेश, भारत, नेपाल, पाकिस्तान र श्रीलंकाका २० भाषामा सिर्जना गर्ने एक सयभन्दा बढी प्रतिष्ठित लेखकको सहभागिता रहेको एसएएलआरपी दक्षिण एसियाली साहित्यिक ध्वनि सम्पदाको एक महत्वपूर्ण परियोजना हो । उपन्यास, कथा, नाटक, कविता र निबन्धलगायत विविध विधाका रचनालाई समेट्ने यस सङ्ग्रहले क्षेत्र, भाषा, शैली र विषयवस्तुको विविधतालाई एउटै अभिलेखमा समेटेको छ ।

    सन् २००२ मा सुरु भएको एसएएलआरपीअन्तर्गत ध्वनि अभिलेखसँगै लेखकका तस्बिर र संक्षिप्त जीवनी पनि उपलब्ध छन् । यी सामग्रीहरू ‘साउथ एसियन डिजिटल कलेक्सन’ मार्फत विश्वव्यापी अध्ययन र अनुसन्धानका लागि खुला गरिएको छ ।

    साहित्यकार क्षेत्रीले यस नयाँ डिजिटल प्रस्तुतीकरणले नेपाली, नेपालभाषा र मैथिली साहित्यका सशक्त स्वरलाई अन्तरराष्ट्रिय साहित्यिक समुदायसँग जोड्ने महत्वपूर्ण सेतु निर्माण गरेको बताए । 

    उनका अनुसार एसएएलआरपी ध्वनि अभिलेखको संग्रह मात्र नभई बीसौँ र एक्काइसौँ शताब्दीको दक्षिण एसियाली साहित्यिक चेतना, सांस्कृतिक स्मृति र सिर्जनात्मक उत्तराधिकारलाई संरक्षण गर्ने महत्वपूर्ण दस्तावेजका रूपमा स्थापित भएको छ ।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend