काठमाडौं । ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को ८औँ संस्करण असार २६ गते आयोजना हुने भएको छ ।
यस अवार्डमा १४ विधा र लाइफ टाइम अचिभमेन्ट अवार्डसँगै एक्सट्रिम इनरजेटिक पफर्मर अफ दि इयर समेत प्रदान गरिने आयोजकले जनाएको छ ।
रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर कार्यक्रम ललितपुरको पुल्चोकस्थित द प्लाजामा हुने जानकारी दिएको छ । कन्सर्टमा जोन एन्ड द लोकल्सदेखि दीपक बज्राचार्यसहित अन्य चर्चित कलाकारहरू उजन साक्य, समृद्धि राई, मन्त्र ब्यान्ड, शिव परियार, यमन श्रेष्ठ, सलिना बिक, सजिश श्रेष्ठ, कमेडियन प्रभात लामा र कर्मा सिङ लामाको प्रस्तुति रहनेछ ।
यस वर्ष कुल १४ सांगीतिक विधामा अवार्ड दिइनेछ । अवार्ड प्रदान गरिने विधाहरूमा उत्कृष्ट नव गायक/गायिका, उत्कृष्ट रचनाकार, उत्कृष्ट संगीत निर्देशक, उत्कृष्ट लोकदोहोरी गायक र गायिका, उत्कृष्ट पाश्र्व गायक र गायिका, उत्कृष्ट पप गायक र गायिका, उत्कृष्ट सांगीतिक समूह, उत्कृष्ट हिपहप र आर.एन.बि तथा उत्कृष्ट आधुनिक गायक र गायिका रहेका छन् ।
गीत संगीतसहित कलाको क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका व्यक्तिलाई एक लाख रुपैयाँ राशिको लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिनेछ ।
कार्यक्रममा स्रोताको समेत सहभागिता रहने पिपुल्स च्वाइस अवार्ड पनि रहनेछ ।