Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विवादमा परेपछि ‘मास्टर्नी’ गीत युट्युबबाट हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी


२, साउन २०८३
  • 111
    SHARES
  • विवादमा परेपछि ‘मास्टर्नी’ गीत युट्युबबाट हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी

    काठमाडौं । अभिनेत्री तथा चलचित्र निर्माता प्रियंका कार्कीले चलचित्र ‘मास्टर्नी’ को प्रचारात्मक गीतलाई लिएर उत्पन्न विवादप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सार्वजनिक रूपमा क्षमायाचना गरेकी छन्।

    कार्कीले जारी गरेको विज्ञप्तिमा गायक दुर्गेश थापाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीत चलचित्रभित्र समावेश गरिएको आधिकारिक गीत नभई प्रचारप्रसारका लागि मात्र तयार पारिएको स्पष्ट पारेकी छन्। उनका अनुसार उक्त गीत चलचित्रको कथावस्तुमा कतै पनि समावेश गरिएको छैन।

    गीतमा प्रयोग भएका केही शब्द र दृश्यले शिक्षक–शिक्षिका पेसा तथा यससँग सम्बन्धित व्यक्तित्वहरूको गरिमामा आँच पुगेको भन्दै आएका गुनासोलाई आफूले अत्यन्त गम्भीर रूपमा लिएको उनले उल्लेख गरेकी छन्।

    कला र मनोरञ्जन प्रस्तुत गर्ने क्रममा सम्मानित पेसा र व्यक्तित्वप्रति कुनै पनि प्रकारको नकारात्मक असर पार्ने उद्देश्य नरहेको भए पनि प्रस्तुतीका कारण अन्जानमै भावना आहत भएको स्वीकार गर्दै उनले व्यक्तिगत तथा आफ्नो सम्पूर्ण टिमका तर्फबाट हृदयदेखि नै क्षमायाचना व्यक्त गरेकी छन्।

    पहिलो पटक चलचित्र निर्माणको यात्रामा रहेकी कार्कीले कसैको आस्था, पेसा वा सम्मानमा ठेस पुर्‍याउने मनसाय कहिल्यै नरहेको र भविष्यमा पनि त्यस्तो नहुने प्रतिबद्धता जनाएकी छन्। साथै, नेपाल शिक्षक महासंघ, सम्पूर्ण शिक्षक–शिक्षिका तथा यस घटनाबाट आहत भएका दर्शकहरूप्रति सम्मान व्यक्त गर्दै माफी मागेकी छन्।

    विवादपछि सम्बन्धित प्रचारात्मक गीत दुर्गेश थापाको युट्युब च्यानलबाट स्थायी रूपमा हटाइएको र आफ्ना सम्पूर्ण सामाजिक सञ्जालबाट पनि उक्त गीतका अंश हटाइसकिएको जानकारी कार्कीले दिएकी छन्।

    साथै, प्राप्त सुझाव र आलोचनालाई सकारात्मक रूपमा ग्रहण गर्दै आगामी दिनमा सिर्जना र विषयवस्तुको छनोटमा अझ संवेदनशील, जिम्मेवार र सचेत रहने प्रतिबद्धता पनि व्यक्त गरेकी छन्।

    कार्कीले आफ्नो कलाकारिता यात्रामा दर्शकबाट प्राप्त माया, साथ र सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथ र मार्गदर्शनको अपेक्षा गरेकी छन्। यस्तै दुर्गेश थापाले पनि विज्ञप्ति जारी गर्दै माफी मागेका छन्।

  • लोकदोहोरी प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित

    काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा

  • नाना पाटेकरको निधन : भारतीय सिनेमाले गुमायो प्रभावशाली कलाकार

    काठमाडौँ । बलिउड तथा मराठी सिनेमाका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको

  • ९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार, सौगातसँगै डेब्यु गर्दै सोफी

    काठमाडौँ । अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र जुबा को छायाङ्कन सम्पन्न भएको छ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend