Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

विश्वकपका नयाँ गोलसम्राट बने एमबाप्पे, मेसीको ऐतिहासिक कीर्तिमान तोड्दै लगातार दोस्रो गोल्डेन बुट


५, साउन २०८३
  • 80
    SHARES
  • विश्वकपका नयाँ गोलसम्राट बने एमबाप्पे, मेसीको ऐतिहासिक कीर्तिमान तोड्दै लगातार दोस्रो गोल्डेन बुट
    काठमाडौं । फ्रान्सका कप्तान केलियन एमबाप्पेले विश्वकप इतिहासमा नयाँ अध्याय रच्दै सर्वाधिक गोलकर्ता बनेका छन्। टोलीलाई उपाधिसम्म पुर्‍याउन नसके पनि उनले प्रतियोगिताभर १० गोल गर्दै गोल्डेन बुट अवार्ड जितेका छन्। यससँगै एमबाप्पे लगातार दुई संस्करणमा गोल्डेन बुट जित्ने विश्वकप इतिहासकै पहिलो खेलाडी बनेका छन्।

    फ्रान्सले समूह चरणदेखि सेमिफाइनलसम्म प्रभावशाली प्रदर्शन गरे पनि अन्तिम चारमा स्पेनसँग २-० ले पराजित भएपछि उपाधि यात्रा टुंगिएको थियो। यद्यपि, एमबाप्पेले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै व्यक्तिगत रूपमा विश्व फुटबलमा नयाँ कीर्तिमान कायम गरे।

    यस विश्वकपमा उनले आठ खेलमध्ये छ खेलमा गोल गर्दै १० गोल पूरा गरे। समूह चरणमा नर्वेविरुद्ध र सेमिफाइनलमा स्पेनविरुद्ध मात्र उनी गोल गर्नबाट रोकिएका थिए। यसअघि २०१८ विश्वकपमा चार तथा २०२२ को कतार विश्वकपमा आठ गोल गरेका एमबाप्पेले तीन संस्करणमा २२ खेल खेल्दै २२ गोल पुर्‍याएका छन्।

    यो उपलब्धिसँगै उनले अर्जेन्टिनाका महान् कप्तान लियोनल मेसीको विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान पनि तोडे। मेसीले ३३ खेलमा २१ गोल गरेका थिए भने एमबाप्पेले केवल २२ खेलमै २२ गोल गर्दै नयाँ इतिहास रचे।

    सन् २०१८ मा मात्र १९ वर्षको उमेरमा फ्रान्सलाई विश्वकप जिताएका एमबाप्पेले २०२२ मा फाइनलमा अर्जेन्टिनाविरुद्ध ऐतिहासिक ह्याट्रिक गर्दै पनि पेनाल्टी सुटआउटमा हार बेहोरेका थिए। यस पटक २७ वर्षको उमेरमा कप्तानका रूपमा मैदान उत्रिएका उनले टोलीलाई फाइनलसम्म पुर्‍याउन नसके पनि आफ्नो नाम विश्वकप इतिहासका सर्वकालीन महान् गोलकर्तामध्ये एकका रूपमा स्थापित गरेका छन्।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend