Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

‘बा: एक योद्धा’ को शीर्ष गीत सार्वजनिक


१५, साउन २०८३
  • 97
    SHARES
  • ‘बा: एक योद्धा’ को शीर्ष गीत सार्वजनिक

    फिल्म ‘बा: एक योद्धा’ को शीर्ष गीत सार्वजनिक गरिएको छ। निर्माण पक्षले शुक्रबार चलचित्रको शीर्ष गीत ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ सार्वजनिक गरेको हो।

    सञ्जीव थापाको शब्द रहेको गीतमा हरि लम्सालको संगीत र स्वर सुन्न सकिन्छ। गीतले आफ्नो धरातल नबिर्सन आग्रह गर्छ।

    रुख र जराको नाता तथा माटो र पानीको साथ टुट्यो भने त्यसको अस्तित्व नरहने सन्देश दिने गीतले आफ्नो जन्म दिने बुवाआमा र जन्मिएको माटो नबिर्सन अपिल गर्छ। गीतको ओजपूर्ण शब्द र मर्मस्पर्शी भावले सिनेमाले भन्ने खोजको कथा र दिन खोजेको सन्देशको सार संक्षेप बताउँछ।

    गीतमा चलचित्रका मुख्य पात्रत्रय दिव्यदेव, सुहाना थापा र झरना थापासहित अन्य कलाकारलाई देख्न सकिन्छ। बच्चा हुर्काउँदादेखि उनीहरू पराई घर र पराई भूमिमा जाँदासम्मको समय र एक्लो भएको बुवाको पीडासम्म गीतको भिडिओमा समेटिएको छ।

    यो फिल्म भदौ १९ गते रिलिज हुँदै छ। नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बा: एक योद्धा’को मुख्य कथा रहेको बताइएको छ।

    यो चलचित्रमा दिव्यदेव, झरना र सुहानासँगै माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन्। हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बा: एक योद्धा’ कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो।

    नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका संगीतकार हरि लम्साल रचनाकार र गायक पनि हुन्। फिचर सिनेमामा भने ‘बाः एक योद्धा’ उनको पहिलो निर्देशन हो। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन्।

    चलचित्र ‘बा: एक योद्धा’का निर्माता वसन्त लम्साल हुन्। अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको चलचित्रका लाइन प्रोड्युसर अर्जुन पौडेल हुने भने सह-निर्माता कृष्ण काफ्ले रहेका छन्।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend