काठमाडौं । चलचित्र ‘झिँगेदाउ–२’ को टिजर सार्वजनिक भएको छ । टिजरमा पारिवारिक सम्बन्धमा आउने उतारचढाव, देउरानी र जेठानीबीचको घर झगडा समेटिएको छ ।
टिजरमा मध्यरातमा घर छोडेर हिँडेको दृश्य, आमाको खोजी, अंशमा देखिएको समस्या, चिसिएको जेठानी–देरानीको सम्बन्ध झगडामा परिणत भएको देखाइएको छ ।
आर्यन सिग्देलको आगमनले टिजरमा कौतुहल थपेको छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको यो चलचित्र असोज २ गतेदेखि देशभर प्रदर्शन हुँदै छ ।
चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, सरोज खनाललगायतको अभिनय छ ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको सिनेमाको कथा गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन् । सिनेमामा सुलभ प्रतीक देउजा र समिक्षा देउजाको लगानी गरेका छन् ।