Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

क्वाँटी पूर्णिमाको तयारीः हनुमानढोका ल्याइयो चाङ्गुनारायणको कलश


९, भदौ २०८३
  • 58
    SHARES
  • क्वाँटी पूर्णिमाको तयारीः हनुमानढोका ल्याइयो चाङ्गुनारायणको कलश

    काठमाडाैं । जनै पूर्णिमा (क्वाँटी पूर्णिमा) को अवसरमा परम्परागत ऋतिअनुसार चाङ्गुनारायणको कलशलाई काठमाडौंको हनुमानढोका दरबार परिसरमा ल्याइएको छ ।

    भक्तपुरको चाङ्गुबाट पदयात्रा गर्दै ल्याइएका तीनवटा कलशलाई चाङ्गुनारायण, सरस्वती र लक्ष्मीको प्रतिकका रूपमा लिइन्छ । धार्मिक मान्यताअनुसार क्वाँटी भिजाउने प्रयोजनका लागि चाङ्गुनारायण मन्दिर परिसरबाट यो जल ल्याउने प्रचलन छ ।

    विशेषगरी नेवार समुदायमा जनै पूर्णिमाको चार दिनअगाडि कलशमा ल्याइएको सोही जल प्रयोग गरी क्वाँटी भिजाएर पर्वको औपचारिक शुरुवात गरिन्छ

    । नौ प्रकारका गेडागुडी मिसाएर तयार पारिने पौष्टिक आहार ‘क्वाँटी’ को सेवनले वर्षायाममा खेतीपातीका क्रममा शरीरमा पसेको चिसो फाल्ने र विभिन्न रोगहरूबाट मुक्त भइने जनविश्वास रहेको छ । यसै ऐतिहासिक अवसरमा जीवित देवी कुमारीको यस वर्षको पहिलो वाह्य यात्रा पनि सम्पन्न भएको छ ।

    कुमारी घरबाट बाहिर निस्किएर चाङ्गुनारायणको दर्शन गर्नुलाई जीवित देवीको वर्षभरि हुने १३ वटा प्रमुख मात्राहरूमध्येको पहिलो यात्रा मानिन्छ ।

    परम्पराअनुसार कुमारीको दोस्रो यात्रा आगामी आईतवार हुनेछ, जसमा उहाँले दिपङ्कर बुद्धको दर्शनका लागि ‘वैद्यद्यः स्वः वनेगु’ विधि पूरा गर्नुहुनेछ । चाङ्गुदेखि हनुमानढोकासम्मको यो कलश यात्रा र कुमारीको दर्शनले काठमाडौं उपत्यकाको जीवन्त सांस्कृतिक र धार्मिक परम्परालाई पुनः उजागर गरेको छ ।

  • भविष्य मालिका अनुसार कलियुगको अन्त्यतर्फ बढ्दै जाने आध्यात्मिक तथा खगोलीय परिवर्तनबारे चर्चा

    काठमाडौं । हिन्दू धार्मिक तथा आध्यात्मिक परम्परामा चर्चित भविष्य मालिकामा कलियुगको अन्त्यसँग सम्बन्धित विभिन्न खगोलीय,

  • तीजको रौनक सुरु, आज दर खाने दिन

    काठमाडौं । नेपाली महिलाको प्रमुख सांस्कृतिक पर्व हरितालिका (तीज) आजदेखि दर खाएसँगै औपचारिक रूपमा सुरु

  • प्राकृतिक विपत्तिमा ‘आत्मोद्धार’को संकल्प : देवीघाटमा लाखबत्ती प्रज्वलनसहित विशेष आध्यात्मिक अनुष्ठान

    त्रिशूली बाढीका दिवङ्गतप्रति श्रद्धाञ्जलि, पीडितको उद्धार र पुनःस्थापनाका लागि सरकार-समाजलाई सहकार्यको आह्वान काठमाडौं । त्रिशूली नदीमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend