Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

बलिउड अभिनेता सोनु सुदको घोषणा: ‘सहयोग लिएर नेपाल आउँदै छौँ’


११, भदौ २०८३
  • 102
    SHARES
  • बलिउड अभिनेता सोनु सुदको घोषणा: ‘सहयोग लिएर नेपाल आउँदै छौँ’

    काठमाण्डौ  -  बुधबार चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट नेपालमा ठुलो मात्रामा जनधन क्षति भएको छ।

    यसप्रति बलिउडका चर्चित अभिनेता सोनु सुदले पनि दुःख व्यक्त गर्दै आफू नेपालको साथमा रहेको बताएका छन्।

    बाढीपीडितलाई खानादेखि आश्रयसम्म सहयोग गर्ने उनले जानकारी दिएका छन्। 

    उनले फेसबुकमा लेखेका छन्, ‘नेपाल तिमी एक्लो छैनौ। हामी खाना, आश्रय र पुनर्निर्माणका लागि आवश्यक साथ र सहयोग लिएर आउँदै छौँ।

    उनको उक्त पोस्टमा कलाकारदेखि सर्वसाधारणसम्मले धन्यवाद दिएका छन्।

    भारतमा सोनु निकै सहयोग गर्ने कलाकारका रूपमा चिनिन्छन्।

    सन् २०२० मा कोरोना महामारीका बेला भारतमा लकडाउन भएपछि उनले घर फर्किन चाहने नेपाली मजदुरका लागि आफ्नो निजी खर्चमा बस, रेल तथा विमानको व्यवस्था गर्नुका साथै खाना र अन्य आवश्यक सामग्रीसमेत उपलब्ध गराएका थिए।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend