Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

आज गाईजात्रा पर्व मनाईंदै : भक्तपुरमा घिन्ताघिसी नाच प्रदर्शन


१३, भदौ २०८३
  • 75
    SHARES
  • आज गाईजात्रा पर्व मनाईंदै : भक्तपुरमा घिन्ताघिसी नाच प्रदर्शन

    काठमाण्डौ — आज भदौ कृष्ण प्रतिपदा, गाईजात्रा पर्व मनाईंदैछ । भदौ कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मनाउने गरिन्छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र पैसा दान गरिन्छ ।

    राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन यो पर्व शुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप हाँस्यव्यङ्ग्यको प्रचलन चलेको मानिन्छ ।

    देशका विभिन्न शहरमा गाईजात्रा मनाउने गरिन्छ । काठमाण्डौ उपत्यकामा यसको विशेष रौनक हुने गर्छ । गाईजात्रा काठमाण्डौ उपत्यकासहित बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरा, पाल्पा, गुल्मी, अर्घाखाँचीलगायत नेवार समुदायको विशेष उपस्थिति रहेका जिल्ला र शहरमा मनाउने गरिन्छ ।

    यस अवसरमा हाँस्य कलाकारले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन् । तर यसवर्ष भोटेकोशी बाढीका कारण त्यस्ता कतिपय कार्यक्रम रोकिएको छ ।

    घिन्ताघिसी नाचको प्रदर्शनसँगै भक्तपुरमा गाईजात्रा शुरु

    भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने गाईजात्रा पर्व हिजोदेखि शुरु भएको छ । भक्तपुरको दरवारस्क्वायरको  तलेजुबाट घिन्ताघिसी नाचको प्रदर्शन शुरु भएको हो । हरेक वर्ष जनै पूर्णिमाको दिन बेलुका भक्तपुरको तलेजुबाट घिन्ताघिसी नाच टोलटोलमा प्रदर्शन गर्ने गरिन्छ ।

    हिजो तलेजुमा घिन्ताघिसी नाच निस्किए पछि टोलटोलमा अरु नाच पनि निस्किएको छ । गाईजात्राको दिन आज बिहानै भक्तपुरमा विशेष जात्रा शुरु भएको छ  । जनै पूर्णिमाको दिनदेखि शुरु भई कृष्ण जन्माअष्टमीसम्म चल्ने गाईजात्रामा टोलटोलमा घिन्ताघिसीसहित विभिन्न नाच, नाटक, प्रहसन प्रदर्शन गर्ने गरिन्छ । 

  • भविष्य मालिका अनुसार कलियुगको अन्त्यतर्फ बढ्दै जाने आध्यात्मिक तथा खगोलीय परिवर्तनबारे चर्चा

    काठमाडौं । हिन्दू धार्मिक तथा आध्यात्मिक परम्परामा चर्चित भविष्य मालिकामा कलियुगको अन्त्यसँग सम्बन्धित विभिन्न खगोलीय,

  • तीजको रौनक सुरु, आज दर खाने दिन

    काठमाडौं । नेपाली महिलाको प्रमुख सांस्कृतिक पर्व हरितालिका (तीज) आजदेखि दर खाएसँगै औपचारिक रूपमा सुरु

  • प्राकृतिक विपत्तिमा ‘आत्मोद्धार’को संकल्प : देवीघाटमा लाखबत्ती प्रज्वलनसहित विशेष आध्यात्मिक अनुष्ठान

    त्रिशूली बाढीका दिवङ्गतप्रति श्रद्धाञ्जलि, पीडितको उद्धार र पुनःस्थापनाका लागि सरकार-समाजलाई सहकार्यको आह्वान काठमाडौं । त्रिशूली नदीमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend