Logo

Nov 03 2026 | २०८३, कात्तिक १८गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्दसत्र सम्पन्न हुँदै, चार प्रतिवेदन पारित गर्ने तयारी


२१, असोज २०८३
  • 78
    SHARES
  • कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्दसत्र सम्पन्न हुँदै, चार प्रतिवेदन पारित गर्ने तयारी

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्दसत्र सम्पन्न हुँदैछ। बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरूले नेतृत्वबाट प्रस्तुत विभिन्न राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदनमाथिको छलफल टुङ्ग्याउँदै ती प्रतिवेदन पारित गर्ने तयारी गरिएको छ।

    बन्दसत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ सम्बन्धी समसामयिक प्रस्ताव पारित गर्ने कार्यसूची छ।

    त्यस्तै, महामन्त्री गुरुराज घिमिरेले प्रस्तुत गरेको सङ्गठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन समेत बन्दसत्रबाट पारित गर्ने कार्यक्रम रहेको छ।

    सूचना, सञ्चार तथा प्रविधि समितिका सदस्य डा. सुरेश आचार्यका अनुसार गत सोमबारदेखि ती प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिहरूले निरन्तर धारणा राख्दै आएका छन्। प्रतिनिधिहरूले पार्टीको राजनीतिक दिशा, संगठन सुदृढीकरण, राजनीतिक संस्कृतिमा सुधार तथा आर्थिक व्यवस्थापनलगायत विषयमा आफ्ना सुझाव र धारणा प्रस्तुत गरेका छन्।

    प्रतिवेदनमाथिको छलफलमा सातवटै प्रदेशका प्रतिनिधिका साथै नेपाली कांग्रेसका विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिसमेत सहभागी छन्।

    आजको बन्दसत्रसँगै प्रतिवेदनमाथिको छलफल औपचारिक रूपमा टुङ्ग्याएर पारित गर्ने प्रक्रिया अघि बढाइनेछ। त्यसपछि महाधिवेशनको मुख्य ध्यान नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचन प्रक्रियातर्फ केन्द्रित हुने भएको छ।

  • गगन नेतृत्वको केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग पुग्यो

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले औपचारिक वैधानिकता अद्यावधिक गर्ने प्रक्रिया

  • सरकारको स्वेच्छाचारिताविरुद्ध गगन थापाले भने- ‘वक्तव्य होइन, परिणाम चाहिन्छ’

    काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता

  • कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति सोमबार निर्वाचन आयोगमा अद्यावधिक हुने

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण सोमबार (कात्तिक १६) निर्वाचन

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend