Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अनसनको तेस्रो दिन इन्टर्न चिकित्सक हरिजनको स्वास्थ्य बिग्रियो, वीर अस्पताल भर्ना


२१, असोज २०८३
  • 101
    SHARES
  • अनसनको तेस्रो दिन इन्टर्न चिकित्सक हरिजनको स्वास्थ्य बिग्रियो, वीर अस्पताल भर्ना

    काठमाडौँ । चिकित्सा शिक्षा आयोगको कार्यालय अगाडि आमरण अनसनमा बसेका एमबीबीएस इन्टर्न चिकित्सक डिल्ली हरिजनको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि वीर अस्पताल लगिएको छ ।

    अनसनको तेस्रो दिन रक्तचाप घट्नुका साथै शरीर कमजोर भएपछि हरिजनलाई उपचारका लागि वीर अस्पताल लगिएको हो । उनी यसअघि पनि आफ्ना माग कार्यान्वयन नभएको भन्दै अनसन बसेका थिए ।

    एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकसँग भएको पाँचबुँदे सहमति कार्यान्वयन नभएको भन्दै हरिजनले चिकित्सा शिक्षा आयोगको प्राङ्गणमा पुनः आमरण अनसन सुरु गरेका हुन् । सहमति भएको दुई महिना बितिसक्दा पनि माग कार्यान्वयन नभएको उनको भनाइ छ ।

    हरिजनले आफूले उठाएका माग व्यक्तिगत विषय मात्र नभई हजारौँ एमबीबीएस तथा बीडीएस विद्यार्थी र इन्टर्न चिकित्सकको भविष्यसँग जोडिएको बताएका छन् । सहमति कार्यान्वयन भएमा त्यसको प्रत्यक्ष लाभ आगामी पुस्ताका विद्यार्थी तथा चिकित्सकलाई समेत पुग्ने उनको भनाइ छ ।

    इन्टर्न चिकित्सकको मागमा एमबीबीएस, बीडीएसलगायत एकवर्षे इन्टर्नसीपमा स्वास्थ्य सेवाको आठौँ तहको प्रारम्भिक तलबमानको ५० प्रतिशत बराबर निर्वाह भत्ता उपलब्ध गराउने विषयमा छलफल गर्ने सहमति छ ।

    त्यस्तै, स्वीकृत शुल्कबाहेक अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गर्ने, एमबीबीएस तथा बीडीएस विद्यार्थीका लागि छात्रावासलाई अनिवार्य नभई वैकल्पिक बनाउने र इन्टर्न तथा आवासीय चिकित्सकको कार्यघण्टा श्रम ऐनअनुसार समान बनाउन समिति गठन गर्ने विषय पनि सहमतिमा समेटिएको छ ।

    मेडिकल कलेजले लिएको अतिरिक्त शुल्कबारे छानबिन गरी फिर्ता गराउने विषयसमेत पाँचबुँदे सहमतिमा उल्लेख छ ।

    तर, सहमति कार्यान्वयनमा ढिलाइ भएको भन्दै हरिजन पुनः आमरण अनसनमा बसेका हुन् । अनसनकै क्रममा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पताल लगिएपछि सहमति कार्यान्वयन र इन्टर्न चिकित्सकका मागबारे सम्बन्धित निकायमाथि थप दबाब बढेको छ ।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend