Logo

Oct 26 2026 | २०८३, कात्तिक १०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बजेट शून्यताबीच सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित


२२, असोज २०८३
  • 66
    SHARES
  • बजेट शून्यताबीच सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

    सुदूरपश्चिम । लामो समयदेखि बजेट शून्यताको अवस्थामा रहेको सुदूरपश्चिम प्रदेशमा बजेटसम्बन्धी प्रक्रिया अघि बढाउन बोलाइएको प्रदेशसभा बैठक अन्तिम समयमा स्थगित भएको छ। अब प्रदेशसभा बैठक असोज २४ गते बिहान ८ बजे बस्ने गरी नयाँ समय निर्धारण गरिएको छ।

    प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटसम्बन्धी प्रक्रिया अघि बढाउने तयारीसहित आज बिहान प्रदेशसभा बैठक बोलाएको थियो। तर सरकारकै आग्रहपछि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

    प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार सरकारको अनुरोधमा आज बिहान ८ बजेका लागि तय गरिएको बैठक बस्न नसकेपछि आगामी २४ गते बिहान ८ बजे बैठक बस्ने गरी समय निर्धारण गरिएको हो।

    उनले सरकारको आग्रहअनुसार बैठकका लागि आवश्यक तयारी गरिए पनि अन्तिम समयमा बैठक स्थगित भएको जानकारी दिए। उनका अनुसार अब २४ गतेको बैठकबाट बजेटसम्बन्धी प्रक्रिया अघि बढाउने तयारी छ।

    सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्ष सुरु भएको लामो समय बितिसक्दा पनि बजेटसम्बन्धी अन्योल कायमै छ। तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले चालु आर्थिक वर्षका लागि प्रदेशसभामा बजेट प्रस्तुत गरिसकेको अवस्थामा सरकार परिवर्तन भएपछि बजेट कार्यान्वयनमा जटिलता उत्पन्न भएको हो।

    गत साउन २९ गते नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता खगराज भट्टको नेतृत्वमा नेकपा (एमाले) सहितको नयाँ सरकार गठन भएको थियो। सरकार परिवर्तनसँगै यसअघि प्रस्तुत बजेटलाई कसरी अघि बढाउने भन्ने विषयमा प्रक्रिया रोकिँदा प्रदेशमा बजेट शून्यताको अवस्था देखिएको हो।

    बजेट शून्यताको अवस्थाले प्रदेश सरकारका नियमित आर्थिक गतिविधि, विकास आयोजना तथा सार्वजनिक खर्च व्यवस्थापनमा समेत असर पर्ने अवस्था बनेको छ। प्रदेशसभाको आगामी बैठकबाट बजेटसम्बन्धी प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

    अब असोज २४ गते बस्ने प्रदेशसभा बैठक सुदूरपश्चिमको बजेट अन्योल अन्त्य गर्ने दिशामा महत्वपूर्ण मानिएको छ।

  • चितवन निकुञ्ज घुम्न अब घरबाटै टिकट, सौराहाबाट सुरु भयो ई–टिकटिङ सेवा

    चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाने पर्यटकले अब घरमै बसेर अनलाइनमार्फत प्रवेश टिकट काट्न

  • पोखरा महानगरमा कांग्रेसको संस्थापन इतर पक्षको नेतृत्वमा मिलनप्रसाद तिवारी

    कास्की । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पोखरा महानगरको सभापतिमा मिलनप्रसाद तिवारीलाई चयन गरेको छ।

  • लमही ट्रमा सेन्टर सञ्चालनबारे छिट्टै निर्णय हुन्छ : मन्त्री निशा मेहता

    दाङ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन प्रादेशिकस्तरको ट्रमा सेन्टर सञ्चालनका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend