सैनामैना, रुपन्देही। सिसौडाँडा शान्ति टोल विकास संस्थाको छैठौ साधारण सभा तथा पाचौ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले जंग बहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
संस्थाका अध्यक्ष जंग बहादुर थापाको अध्यक्षता तथा सैनामैना नगरपालिका वडा नं. ४ का वडाध्यक्ष रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। सभामा संस्थाको गतिविधि, भावी योजना तथा टोलको विकाससँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्दै आवश्यक निर्णयहरू पारित गरिएको थियो।
अधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न प्रेमप्रसाद सापकोटाको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो। समितिका सदस्यमा सीतादेवी जिसी र जनक कार्की रहेका थिए।
अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी गौतम, सचिवमा अनिता न्यौपाने भण्डारी, कोषाध्यक्षमा कुसुम भण्डारी र सहसचिवमा भुवन पछाई चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा बैकुण्ड ज्ञवाली, मिना कार्की, धना कार्की, सपना कार्की, टोपबहादुर थापा, सावित्रा राना, पूजा खनाल र निर्मला पुन चयन भएका छन्।
सभाले कार्यसमिति तथा सल्लाहकार समितिमा रिक्त रहेका पदहरू पहिलो कार्यसमिति बैठकबाट मनोनयन गर्ने निर्णयसमेत गरेको छ।
टोलको विकास, सामाजिक एकता र सामुदायिक हितका क्षेत्रमा संस्थाको भूमिकालाई थप प्रभावकारी बनाउने अपेक्षासहित अधिवेशन सम्पन्न भएको हो। कार्यक्रमको अन्त्यमा संस्थाले सभामा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, सल्लाहकार तथा सम्पूर्ण टोलवासीप्रति आभार व्यक्त गरेको छ।
