Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

सुशासन पालना भएमा सर्वागिङ्ग विकास हुन्छ


११, वैशाख २०८०
  • 175
    SHARES
  • सुशासन पालना भएमा सर्वागिङ्ग विकास हुन्छ

    पाल्पा । विकास,समृद्धि र सुशासनका लागि हाम्रो अभियान मुल नाराका साथ  रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा र लुम्बिनी प्रदेश आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयको सहयोगमा सुशासनका लागि साक्षरता कार्यक्रम पाल्पामा सम्पन्न भएको छ । प्रदेशका १२ वटै जिल्लामा सञ्चालन हुने साक्षरता कार्यक्रम पाल्पामा दोस्रो चरणमा सम्पन्न भएको हो ।

    कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले दिने र लिनेमा पारदर्शीता भए मात्रै सुशासनको प्रत्याभूति हुने बताए । उनले जिल्लाका सम्पूर्ण पालिकाहरुको निगमन  गर्ने संस्थाका रुपमा जिल्ला समन्वय समिति स्थापना गरिए पनि बजेट र जनशक्तिको अभावका कारण प्रभावकारी रुपमा काम गर्न नसकेको जिकिर गरे । खनालले जबसम्म जिल्ला समन्वय समितिलाई पूर्ण अधिकार सम्पन्न बनाईदैन तबसम्म स्थानीय तहहरुलाई नियन्त्रण गर्न नसकिने बताए । त्यसका निम्ति राज्यले समयमा नै ध्यान दिन जरुरी रहेको औल्याए ।

    यस्तै कार्यक्रममा बोल्दै पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले हरेक निकायमा सुशासन कायम भयो भने सर्वागिङ्ग विकास हुनेमा जोड दिए । बास्तोलाले भएको स्रोत साधनलाई सही रुपले सदुपयोग हुन नसकेको र नागरिक पनि पूर्ण  सचेत नभएका कारण सुशासन कार्यान्वयन फितलो देखिएको जिकिर गरे । सुशासनका निम्ति सबै पक्षहरु सजक र सचेत भएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।

    त्यसै गरी तानसेन नगरपालिकाका कार्यबाहक प्रमुख प्रतिक्षा सिंजालीले राज्यको स्रोत साधनलाई सहि रुपमा प्रयोग गरेर जनतालाई विश्वास दिलाउन सके सुशासन कायम हुने र विकासले गति लिने जनाइन् । सिंजालीले जनताको अपेक्षा भन्दा आवश्यक्ताका आधारमा बजेट विनियोजन गरेको र त्यसको नियमन शुक्ष्म रुपमा गर्दै आएको उल्लेख गरिन् । उनले तानसेन नगरपालिकालाई नमुना नगरपालिका रुपमा स्थापित गर्न आफु लागेको बताईन् ।

    कार्यक्रममा बोल्दै रम्भा गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले ऐन, नियम कानून स्पष्ट नहुँदा भौतिक संरचनाको विकास हुन नसकेको वताए । त्यसै गरी पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले शिक्षा, स्वास्थ्य, कृषि पशुपालनमा सुशासन हुन सके देशमा समृद्धि आउने सक्ने सुझाव दिए ।

    माथागढि गाउँपालिका अध्यक्ष राम बहादुर चिदीले पालिकाभित्र रहेको चुनढुङ्गा खानी उत्खनन्को रोयल्टीमा अपारदर्शी भएको हुनाले सम्बन्धित निकायको ध्यान जान आग्रह गर्दै चुस्त राख्न स्थानीय पालिकालाई पनि अधिकार दिनुपर्ने वताए ।

    साक्षरता कार्यक्रममा रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले देशमा सुशासन कायम नहुनुको मुख्य कारण नीति नियम स्पष्ट रुपमा लागू नहुनु, जनप्रतिनिधि र कर्मचारीवीच फरक मतभेद हुनु र सेवाग्राहीहरुको कामलाई लापरबाही गरिदिदा समस्या आएको बताए  ।

    त्यसै गरी  बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले जनताका अपेक्षा र गुनासालाई अधिकांश रुपमा पूरा गरिसकेको बताउँदै बाँकी रहेका समस्याहरुलाई सरल, सहजरुपमा पारदर्शी सेवादिने गरि अगाडि बढेको बताईन् ।

    1.jpg

    त्यस्तै कार्यक्रममा बौल्दै रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले नगरपालिका सुशासन कायम गर्न सफल भएको जिकिर गर्दै सामान्य गुनासो बाहेक अन्य खासै केही घटनाहरु नभएको बताए ।

    तिनाउ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत सुन्दर श्रेष्ठले सुशासनका औजार जबसम्म परिचालन हुँदैन तबसम्म पालिका लगायत सरकारी तथा गैरसरकारी निकायहरुमा पारदर्शिता नदेखिने स्पष्ट पारे । उनले पालिकामा स्थानीय कानून बनाउने विज्ञता नभएकाले हालसम्म कपिपेष्ट तरिकाले चल्दै आएकाले जनताका  हुन नसकेको गुनासो गरे ।

    साक्षरता कार्यक्रममा  सामाजिक अभियान्ता एवं राजनीतिककर्मी माधव नेपालले पालिकाहरुले नयाँ योजना ल्याउन नसक्दा पुरानैलाई मात्रै निरन्तरता दिने र विपद् व्यवस्थापनमा पालिकाको कुनै व्यवस्था र तयारी नरहेको वताए ।

    त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्रमुख कृष्ण कार्कीले राज्यका सबै संयन्त्र जिम्मेवार र नागरिक सचेत नहुँदासम्म सुशासन कायम हुन नसक्नेमा जोड दिए ।
    रिपार्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सुशासन अभियन्ता टोपलाल गिरीले कार्यपत्र प्रस्तुत गरेको थिए । भने कार्यक्रमको संचालन नारायण वलीले गरेका थिए  ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend