काठमाडौं । डीएस डिजिटलको ब्यानरमा फिल्म निर्माण भएको चलचित्र ‘परस्त्री’ आगामी असार १५ गते बाट प्रदर्शनमा आउने भएको छ । शुक्रवार फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै नेपाल र भारतमा एक साथ रिलिज हुने जनाएको हो ।
नेपाल र भारतको संयुक्त लगानीमा निर्माण भएको चलचित्रमा शिल्पा मास्के, कोसिस क्षेत्री र गौरव विष्टको शीर्ष भूमिका रहेको जनाएको छ । ‘इरोटिक रोमान्स’ जनरामा निर्माण भएको यो फिल्मले विवाहेत्तर सम्बन्धको कथा प्रस्तुत गरिएको छ ।
यो फिल्म नेपालमा १०० पर्दा र भारतमा ५०० सय पर्दामा रिलिज हुने निर्माण पक्षले जनाएको छ ।