अमेरिका । अमेरिकाको टेक्सासमा ट्रकको ठक्कर लागेर एक नेपाली महिलाको ज्यान गएको छ । ट्रकको ठक्कर लागेर सख्त घाइते महिलाको उपचारका क्रममा ज्यान गएको हो ।
ज्यान जानेमा ४७ वर्षीय प्रमिला सुवेदी रहेको प्रहरीले जनाएको छ । मृतक एनआरएन आइसीसीको अमेरिकाका क्षेत्रीय उपसंयोजक रामकुमार सुवेदीकी धर्मपत्नी रहेको खुलेको छ । रक्डेल सिटी नजिकै छोरालाई विश्वविद्यालय पुर्याएर फर्किने क्रममा प्रमीला आफैले चलाएको कारलाई बिहीबार साँझ ट्रकले ठक्कर दिएको थियो ।
प्रमिला दुई दशकदेखि श्रीमान् र दुई छोराहरु सहित अमेरिकाको टेक्सासमा बस्दै आएका थिए।