काठमाडौं । गाईजात्रा नजिकिँदै गर्दा हाँस्यकलाकार जीतु नेपालले दर्शकहरुको लागि‘जितुको हास्यव्यंग्य गाईजात्रा– २०८०’ ल्याउने भएका छन् । यो पटक उनले स्टेज तथा डिजिटल प्लेटफर्म दुवैमार्फत गाईजात्रा प्रस्तुति दिने बताएका छन्।
स्टेज कार्यक्रमको रुपमा उनी केही कमेडी साथीहरुसँग मिलेर ‘रुस्लान कमेडीयात्रा’ र डिजिटलमा ‘जितुको हास्यव्यंग्य गाईजात्रा– २०८०’ नामक कार्यक्रम ल्याएको उनले जानकारी दिए । ‘रुस्लान कमेडीयात्रा’भदौ १४ पछि सुरु हुनेछ भने ‘जितुको हास्यव्यंग्य गाईजात्रा– २०८०’ भदौ ७ देखि २० भदौसम्म आफ्नो युट्युबच्यानलबाट हरेक दुई दिनमा आधा घण्टाको कार्यक्रम ल्याएका छन् ।
‘जितुको हास्यव्यंग्य गाईजात्रा– २०८०’ मा जितुको अलवा सुरेन्द्र केसी (मुलासाग), दमन रूपाखेती, शिवशंकर रिजाल (जोगिन्दर पानवाला), दिनेश काफ्ले, प्रभात लामा, विपना थापा –नक्कलहिसिला), एलिना बास्कोटालगायतका कलाकारहरु रहेका छन्।