Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

‘जय हो’ र ‘महानगर’ प्रदर्शनमा


१०, भदौ २०८०
  • 154
    SHARES
  • ‘जय हो’ र ‘महानगर’ प्रदर्शनमा

    काठमाडौँ । दुई नेपाली चलचित्र ‘जय हो’ र ‘महानगर’ प्रदर्शनरत छन् । फरक विधाका दुई चलचित्रले दर्शकको साथ पाउनेमा निर्माण पक्ष विश्वस्त छ । टेक पौरखी राईले निर्देशन गर्नुभएको ‘जय हो’ मा केकी अधिकारी, सलोन बस्नेत, निशा अधिकारी, अर्पण थापा, माओत्से गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारले अभिनय गर्नुभएको छ । 

    “प्रेम कथामा बनेको चलचित्र सम्पूर्ण वर्गका दर्शकका लागि तयार गरेका छौँ, यसले नेपालको सुन्दर दृश्यसँगै सामाजिक विषयलाई उठान गरेको छ”, अभिनेता बस्नेतले भन्नुभयो । शोभित बस्नेत प्रस्तुतकर्ता रहनुभएको चलचित्रमा सम्राट बस्नेतले द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेले नृत्य निर्देशन, बनिश शाहले सम्पादन, समीर मियाँले भीएफएक्स, सुरेश न्यौपानेले कथा लेखन, सौरभ लामाले छायाङ्कन, शम्भुजित बाँस्कोटा र सागर आले मगरले सङ्गीत सिर्जना गर्नुभएको छ । 

    प्रदर्शनरत अर्को चलचित्र ‘महानगर’ (वान् नाइट इन् काठमाडौँ) मा एक साँझ दुई अपरिचित व्यक्तिको अनायस हुने भेट र त्यसपछिको घट्नाक्रमको कथा समेटिएको छ । महानगर भित्रिनेको सपना र यथार्थलाई दुई चरित्रमार्फत प्रस्तुत गरिएको चलचित्रमा सानो घटनाका कारणसँगै भएका दुई चरित्रको जीवनमा एक रातले ल्याएको परिवर्तनलाई उतारिएको लेखक तथा निर्देशक मोहन राईले जानकारी दिनुभयो ।

    “विभिन्न सपना बोकेर महानगर भित्रिने युवाको सपना र यथार्थलाई देखाउने कोसिस गरेका छौँ, यहाँ बाहिरिया भएर बाँच्नु र सङ्घर्ष गर्नुको मेरो आफ्नै भोगाइ छ, मेरो यही अनुभव र भोगाइलाई क्यामरामार्फत पर्दामा उतारुँ भन्ने सोचले चलचित्र तयार गरेँ, खासमा यो ‘ह्युमन कनेक्सन’ र ‘होप’ बारेको चलचित्र हो”, निर्देशक राईले भन्नुभयो । 

    चलचित्रमा कार्म, मेनुका प्रधान, अनोज पाण्डे, सोविता अधिकारी, जीवन बराल, परीक्षित विक्रम राणा, चन्द्र पाण्डे, राज पौडेललगायत कलाकारले अभिनय गर्नुभएको छ । चलचित्रमा नरेन्द्र मैनालीले छायाङ्कन, परीक्षित झाले सम्पादन, किशोर आर्चायले ध्वनि सम्पादन तथा पुष्पा सङ्गमले सङ्गीत सिर्जना गर्नुभएको छ । 

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend