Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

फित्कौलीद्वारा पाँच कृति लोकार्पण, पाँच स्रष्टालाई सम्मान


११, भदौ २०८०
  • 279
    SHARES
  • फित्कौलीद्वारा पाँच कृति लोकार्पण, पाँच स्रष्टालाई सम्मान

    काठमाडौँ । हास्यव्यङ्ग्य केन्द्रित फित्कौली अनलाइन मिडियाले पाँच जना स्रष्टाका पाँच कृति एकैसाथ लोकार्पण गरेको छ । यस्तै हास्यव्यङ्ग्य तथा बुढ्यौली साहित्यमा साधनारत पाँच अग्रज स्रष्टालाई सम्मान तथा पुरस्कार समर्पण गरिएको छ ।

    कार्यक्रमको आरम्भमै हास्यव्यङ्ग्यकार चट्याङ मास्टरले कार्टुन नै कोरेर काटुनिस्ट राजेश मानन्धरको एकल कार्टुन प्रदर्शनीको शुभारम्भ गर्नुभएको थियो । फित्कौलीका प्रधान सम्पादक नरनाथ लुइँटेलले हास्यव्यङ्ग्यकार नरेन्द्रराज पौडेलको हास्यव्यङ्ग्य निबन्ध संङ्ग्रह ‘भ्यागुताको श्वेतपत्र’ वरिष्ठ साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेद्वारा, स्रष्टा राजेन्द्र कार्कीको हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह ‘खाइराइड’ वरिष्ठ समालोचक तथा साहित्यकार गोविन्दराज भट्टराईद्वारा, स्रष्टा सुभाषचन्द्र देवकोटाको व्यङ्ग्य कविता संङ्ग्रह शान्तदास मानन्धरले र बुढ्यौली साहित्यिक अभियन्ता डा.मुकेशकुमार चालिसेको बुढ्यौली साहित्यिक कृति उज्याला जून’ भैरव रिसालद्वारा र साहित्यकार ठाकुरप्रसाद अधिकारीको हास्यव्यङ्ग्य निबन्ध सङ्ग्य ‘बेसारे घुर्की’ चट्याङ मास्टरद्वारा लोकार्पित भएको थियो ।

    लोकार्पित कृति ‘डाँडाका उज्याला जून’ समीक्षात्मक चर्चा वरिष्ठ साहित्यकार पत्रकार रोचक घिमिरेले गर्नुभएको थियो भने बाँकी चार विमोचित हास्यव्यङ्ग्य कृतिहरूका बारेमा वरिष्ठ समालोचक/साहित्यकार गोविन्दराज भट्टराईले प्रकाश पार्नुभएको थियो । 

    कार्यक्रमको दोस्रो चरणमा सम्मान तथा पुरस्कार समर्पण कार्य भएको थियो । फित्कौली अनलाइन मिडियाद्वारा स्थापित ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान–२०८०’ द्वारा विगत चार दशकदेखि हास्यव्यङ्ग्य लेखनमा क्रियाशील व्यक्तित्व पाल्पाका चोलेश्वर शर्मालाई नगद रु २० हजार एक सय पाँचसहित सम्मानपत्र अर्पण गरिएको थियो ।

    त्यसैगरी स्याङ्जाकी हास्यव्यङ्ग्य लेखिका गायत्री परिरोशनीलाई ‘गोविन्द–विजया फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय प्रतिभा पुरस्कार–२०८०’, झापाका हास्यव्यङ्ग्य कवि खगेन्द्र न्यौपानेलाई ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय कविता पुरस्कार–२०८०’, गुल्मीका हास्यव्यङ्ग्य निबन्धकार काशीनाथ मिश्रितलाई ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय निबन्ध पुरस्कार–२०८०’ र भक्तपुरका कवि रामशरण न्यौपानेलाई ‘मुकुन्द–मुना फित्कौली राष्ट्रिय बुढ्यौली साहित्य पुरस्कार–२०८०’ समर्पण गरिएको थियो ।

    सम्मानित स्रष्टा एवं लोकार्पित कृतिका स्रष्टालाई भैरव रिसालले शुभकामना व्यक्त गर्दै फित्कौलीले यस्तो कार्यकममा सहभागी हुने मौका दिएकामा धन्यवाद दिनुभएको थियो । यी पुरस्कारको रकम जनही १५ हजार एक सय पाँच र  सम्मानपत्र रहेको थियो भने फित्कौली प्रोत्साहन पुरस्कार स्वरूप कार्टुनिस्ट राजेश मानन्धरलाई नगद रु १० हजार एक सय पाँच सम्मानपत्र समर्पण गरिएको थियो । यसपछि सम्मानित तथा पुरस्कृत व्यक्तिहरूबाट मन्तव्य तथा रचना वाचन भएको थियो ।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend