Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अभिनेत्री दिव्या दत्ताले सुनाउनुभयो ‘चलचित्र यात्रा’


१६, भदौ २०८०
  • 185
    SHARES
  • अभिनेत्री दिव्या दत्ताले सुनाउनुभयो ‘चलचित्र यात्रा’

    ललितपुर । त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ सहभागी हुन् नेपाल आउनुभएकी भारतीय अभिनेत्री तथा लेखक दिव्या दत्ताले आफ्नो चलचित्र यात्राबारे चर्चा गर्नुभयो । बलिउडमा तीन दशक बिताइसक्नु भएकी अभिनेत्री दत्ताले नेपाली चलचित्र ‘वसन्ती’ र ‘माया नमार’ मा काम गर्नुभएको छ । 

    लेखक सुमित शर्मासँगको ‘दिव्या दत्तको चलचित्र यात्रा’ सत्रमा उहाँले नेपाली भाषा सुन्दर लाग्ने प्रतिक्रिया दिनुभयो । “म नेपाली भाषा छिट्टै सिकिरहेको छु, मलाई यहाँ घरभन्दा बाहिर आए जस्तो महसुस भएकै छैन्”, उहाँले भन्नुभयो । ‘भाग मिल्खा भाग’, ‘वीरजारा’, ‘दिल्ली–६’, ‘ब्ल्याकमेल’, ‘जिप्पी’, ‘बद्लापुर’ लगायतका चलचित्रमा काम गर्नुभएकी अभिनेत्री दत्ताले बाल्यकालमा भारतीय अभिनेता अमिताभ बच्चनबाट प्रभावित भएको बताउनुभयो । 

    आमाबुबा चिकित्सक भएकाले उहाँलाई बाल्यकालमा सोही पेसामा आवद्ध हुन्छु भन्ने लागेको थियो । पढाइ राम्रो भएकाले विज्ञान पढ्ने दबाब हुँदा पनि उहाँले अङ्ग्रेजी साहित्य, मनोविज्ञान, दर्शन पढ्ने इच्छा गर्नुभयो । 

    “मेरो बुबा म सानै छदा बित्नुभयो, त्यसैले आमालाई मनका कुरा भन्न सहज भए पनि भन्न सक्थिन्”, अभिनेत्री दत्ताले भन्नुभयो । उहाँले ‘ट्यालेन्ट हन्ट’को सहभागिताका लागि निवेदन दिँदा चाहिने तस्बिर खिच्न भाइको सहारा लिनुभयो । त्यहाँ छनोट भएपछि भाइसँगै आमालाई आफ्नो सपनाबारे परिचित गराउनुभयो । 

    “मैले र भाइले आट गरेर आमालाई भनेका थियौँ । उहाँसँग हामीलाई डर लाग्थ्यो, आमाले मलाई सपनाको उडान भर्ने सहमति दिनुभयो, यद्यपि मेरो अध्यनलाई असर नपुग्ने गरी”, उहाँले भन्नुभयो । यहीँबाट बलिउड यात्रा प्रारम्भ गर्नुभएको अभिनेत्री दत्ताले अभिनेत्री मनिषा कोइरालाका कारण काम पाउनुभयो । उहाँको अनुहार मिल्दोजुल्दो देखिएपछि उस्तै खोजिका साथ् आउने निर्माताले काम दिन थाले । यसको उदाहरण ‘अग्निसाक्षी’ हो । 

    “मलाई अन्य अभिनेत्रीको छायाँ बन्नु थिएन, तर त्यसपछि काम गरेको केही चलचित्रमा मुख्य अभिनेत्रीको साथीको भूमिका पाएँ, सुरुआतमा काम देखाउँछु भन्ने लागे पनि पछि गन्तव्य देखिन”, अभिनेत्री दत्ताले भन्नुभयो । 

    ‘वीरजारा’ जस्तो चलचित्रमा काम गरेर पनि आफूलाई परिचित गराउन असहज देखेपछि उहाँको यात्रा रोकिने अवस्थामा पुग्यो । सोही समयमा आमाले पाएको भूमिकालाई निर्वाह गरेर सङ्घर्ष गर्न सुझाएको अभिनेत्री दत्ताले सम्झिनुभयो । “आमाले चलचित्रमा निरन्तर काम गर्न दिएको सुझाव मानेर काम गरें, त्यही क्रममा मैले ‘दिल्ली ६’, ‘भाग मिल्का भाग’ जस्ता चलचित्रमार्फत आफूलाई प्रमाणित गरें”, उहाँले भन्नुभयो, “अहिले वेब शृङ्खलासँगै चरित्रप्रधान चलचित्र बन्ने गरेका छन्, अहिले सङ्घर्ष गर्न पहिलेभन्दा सजिलो छ ।”

    सफल अभिनेत्री बन्दै गर्दा उहाँले लेखनमा समेत आफूलाई अगाडि ल्याउनुभयो । पहिलो पुस्तक ‘मि एन्ड माँ’ भित्र उहाँले आमासँगको सम्बन्धलाई शब्दमार्फत व्याख्या गर्नुभयो । उहाँले काम र यात्रालाई सुन्दर बनाइदिने मानिसलाई लक्षित गर्दै दोस्रो पुस्तक ‘द स्टार्स इन माइ स्काइ’ तयार गर्नुभयो । उहाँलाई आफ्नो शब्दको शक्ति महसुश भने पहिलो पुस्तकबाटै भएको थियो । 

    “मलाई एकदिन चन्डीगढको विमानस्थलमा एक महिलाले बोलाइन, मैले अभिनयको कुरा होला भन्ने ठानेको थिएँ, तर उनले तपाईंको आमासँगको सम्बन्धको किताब पढेँ, त्यसले मलाई आमालाई हेर्ने दृष्टिकोणमै परिवर्तन ल्यायो भनिन्, त्यसपछि मैले पुस्तकको महत्व बुझें”, उहाँले भन्नुभयो । यसरी आफूलाई अभिनेत्रीसँगै साहित्य क्षेत्रमा समेत परिचित गराउन सफल अभिनेत्री दत्ताले केही समय यता ओभर दी टप (ओटीटी) का लागि निर्माण हुने चलचित्र तथा शृङ्खलामा काम गरिरहनुभएको छ । 

    “एउटा कलाकारका लागि महत्वपूर्ण कुरा हो धैर्य, लगाव र निरन्तरता, यो तीनै चिज भएपछि मात्र कलाकारितामा टिकिरहन सकिन्छ, यो क्षेत्र निकै अनिश्चत छ, भोलि के हुन्छ, कसैलाई थाहा हुन्न, सायद भोलि केही पनि नहुन पनि सक्छ, तर आफ्नो मनलाई जे कुराले खुसी बनाउँछ, त्यो काम भने गर्न छाड्नुहुन्न”, अभिनेत्री दत्ताले भन्नुभयो । उहाँ तीन दिने महोत्सवअन्तर्गत विभिन्न सत्रमा सहभागी भएर विविध पाटोमा छलफल गरिरहनुभएको छ । 

    यशस्वी प्रज्ञा प्रतिष्ठान नेपाल र कलिङ साहित्य महोत्सव (केएलएफ) भारतको संयुक्त आयोजनामा शुक्रबार सुरु भएको महोत्सव आइतबारसम्म सञ्चालन हुनेछ ।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend