Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

सामाजिक रुपान्तरणमा रङ्गमञ्चको मुख्य भूमिका छ : उप-प्रमुख डङ्गोल


१६, भदौ २०८०
  • 300
    SHARES
  • सामाजिक रुपान्तरणमा रङ्गमञ्चको मुख्य भूमिका छ : उप-प्रमुख डङ्गोल
    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले हामीले हेरेका र देखेका सामाजिक रुपान्तरणदेखि राजनीतिक क्रान्तिसम्म रङ्गमञ्चको मुख्य भूमिका रहिआएको बताउनुभएको छ ।
     
    नाट्यकर्मी महासङ्घ नेपालको दोस्रो केन्द्रिय महाधिवेशन उद्घाटन समारोहमा उहाँले समाजको यथार्थलाई कथाका माध्यमबाट दिशानिर्देश गर्न सक्ने बलियो आधारका रुपमा रङ्गमञ्च रहेको धारणा राख्नुभयो ।
     
    उपप्रमुख डङ्गोलले भन्नुभयो, “जुन सन्देश बोली, बचन, लेखेर दिन सकिन्न, त्यो सन्देश नाटकको माध्यम्बाट बुलन्दरुपमा सजिलै दिन सकिन्छ, नेपाली समाजमा परम्परादेखि नै रङ्गमञ्चको बेग्लै विशिष्टता महत्व रहिआएको छ, रङ्गमञ्चले समाजलाई ऐना देखाइरहेको मात्र नभइ समाजको ऐना पनि बनिरहेको हुन्छ, समाजलाई आज हामी कुन बाटोमा लैजाँदै छौँ, भोलि कुन दिशातर्फ लग्ने हो भन्ने मार्गदर्शन गर्न पनि रङ्गमञ्चको विशिष्ट भूमिका हुन्छ ।”
     
    नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनि हर्तम्छालीले सविधान र कानुनको मर्म र भावना अनुरुप सबै जातजाती एवं समुदायलाई सामाजिक रुपान्तरणका लागि सन्देश दिने ढङ्गबाट रङ्गमञ्चले सन्देश प्रवाह गर्न सक्नुपर्ने विचार प्रकट गर्नुभयो । 
     
    नाट्यकर्मी महासङ्घ नेपालका पूर्वअध्यक्ष एवं वरिष्ठ नाट्यकर्मी विजय विस्फोटकले सडक र पूर्वाधार विकासले मात्र देशले समृद्धि प्राप्त गर्न कठिन हुने भएकाले बलियो नीति तथा विधि बनाएर कला र संस्कृतिको संरक्षण एवं विकासलाई संगसँगै लैजानुपर्ने आवश्यकतामा जोड दिनुभयो । महासङ्घका संस्थापक बैकुण्ठ भण्डारीले रङ्गकर्मीको पेसागत सुरक्षाका लागि मुख्य उद्देश्य बनाएर महासघ स्थापना गर्न परेको घटना सुनाउनुभयो ।
     
    चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले रङ्गमञ्च मात्र नभइ सिनेमा क्षेत्रसमेत राजनीतिक भागबण्डामा परेकाले यस क्षेत्रको ओज र गरिमा धुमलिन हुन पुगेको विचार प्रकट गर्नुभयो । सिल्क रोड इन्टर नेशनल लिग अफ थिएटरका संस्थापक सदस्य दीपक सरकारले देशको पहिचानका रुपमा रहेका कला, सस्कृति, पहिचानसँग जोडिएका विषयवस्तुलाई रङ्गमञ्चका माध्यमद्वारा जीवन्त राख्ने कार्यलाई समाजका सबै क्षेत्रबाट सहयोग पु¥याउन जरुरी रहेको धारणा राख्नुभयो ।
     
    प्रा डा.रामचन्द्र पोखरेलले रङ्गमञ्च जीवनको पुर्नसिर्जना भएको टिप्पणी गर्नुभयो । अध्यक्ष राजेन्द्र रिमालले आगामी कार्यकालमा देशभित्र र बाहिरको नाटकसँग सम्बन्धित सङ्घसंस्था र व्यक्तिसँग समन्वय, सम्पर्क र सञ्जाल निर्माणलाई प्राथमिकतामा राखेर काम गर्न आवश्यक रहेको बताउनुभयो । 
     
    मुलुकमा लोकतन्त्र र मानव अधिकारका लागि अग्रमोर्चामा रहेर काम गर्ने कलाकारको संस्थाकारुपमा विस २०६५ मा स्थापना भएको हो । कार्यक्रममा रङ्गमञ्च एवं संस्था स्थापनाका लागि विशिष्ठ योगदान पु¥याउने भण्डारी र विस्फोटकलाई सम्मान प्रदान गरियो ।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend