Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

कांग्रेसद्वारा बिपी साहित्य महोत्सव मूल तयारी समिति गठन


१८, भदौ २०८०
  • 344
    SHARES
  • कांग्रेसद्वारा बिपी साहित्य महोत्सव मूल तयारी समिति गठन
    काठमाडौं ।  नेपाली कांग्रेसले "बिपी साहित्य महोत्सव" मूल तयारी समिति गठन गरेको छ । भदौ २४ देखि २६ गतेसम्म महोत्सव मनाउनका लागि पार्टीका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा  "बिपी साहित्य महोत्सव मूल तयारी समिति" गठन गरेको हो ।
     
    कांग्रेस केन्द्रीय समितिको साउन २ गतेदेखि १० गतेसम्म सम्पन्न बैठकको निर्णयअनुसार भदौ २४ देखि महोत्सव मनाउने निर्णय गरेको थियो । समितिमा पार्टीका केन्द्रीय सदस्य पुष्पा भुसाल, मीन विश्वकर्मा, डा.डिला सङ्ग्रौला पन्त, योगेन्द्र चौधरी, मधु आचार्य, मदनबहादुर अमात्य, अब्दुल सत्तार, नैनसिंह महर, राजीव ढुङ्गाना, दिलमान पाख्रिन, प्रकाश रसाइली स्नेही, रङ्गमती शाही, प्रा डा. गोविन्दराज पोखरेल, हरिशरण नेपाली हुनुहुन्छ ।
     
    केन्द्रीय सदस्य नानु बाँस्तोला, नृपबहादुर बड, विद्यादेवी तिमल्सिना, उर्मिला थपलिया, कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ, कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँ, भक्तपुरका सभापति दुर्लभ थापा र ललितपुरका सभापति जीतेन्द्र श्रेष्ठ रहनुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
     
    तीर्थबहादुर श्रेष्ठ, श्रवण मुकारुङ, डा.नवराज लम्साल, डा.रत्नमणि नेपाल, शैलेन्द्रप्रकाश नेपाल, सन्ध्या पहाडी, सोझो गाउँले, मनोजमणि आचार्य डिल्लीराम सुवेदी, प्रकाश लामिछाने, तीर्थबहादुर थापा, गोकुल लिम्बू, परशुराम पोखरेल, राजेन्द्र पराजुली र प्रताप पौडेल पनि समितिको सदस्यमा रहनुभएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । 

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend