Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

समृद्द लुम्बिनी


२३, भदौ २०८०
  • 314
    SHARES
  • समृद्द लुम्बिनी

    विष्णु घर्ती ‘भनभनेली’

    आम जनता हुन् जनार्दन
    समग्र समृद्दिका सम्वाहक पनि
    उनीहरू नै न्यायमूर्ति बन्दछन् मौकामौकामा
    जब अभाव हराउला उनै मानवका चुलाचौकामा
    समुन्नतिको स्वप्निल त्यो संसारमा
    अझ उत्साही बन्ने उनैको त्यो हौसलामा

    पक्कै हुँदैनन् भुँई मान्छेका चाहना धेरै
    पाए पुग्छ दुई छाक खान¸ बस्न र एकसरो लाउन
    अनि कहिलेकाँही थोरै रमाउँन
    नेता हुँ भन्नेले गर्नुपर्छ जनइच्छा बुझ्ने चेष्टा
    खोजीनिधि गर्नुछ सबैका मन रमाउँने राँगको
    नाम रहनु पर्छ सानातिनाले पनि गरेका कामको

    जान्नु र मान्नु पर्छ हरेक पनलाई
    अजङ्ग र अप्ठेरा सारा काम फत्ते गर्नेलाई
    कुनै आशा नगर्ने निःस्वार्थीलाई
    तब मात्र
    हुन्छ समृद्द लुम्बिनीको सपना साकार
    लिन थाल्छ विस्तारै विस्तारै
    लक्ष र उद्देश्यले बल्ल केही आकार

    आफैं कहाँ के हुन्छ र १
    गरेरै हुने हो प्रगति र विकास

    समग्र विकासको गर्नुछ वृद्दि
    सोपानमा पुर्‍याउनुछ यही सद्बुद्दि
    आर्थिक क्षेत्र हो उन्नतिको आधारशीला
    अब्बल बनाउँनुछ अर्थतन्त्रको सिलसिला
    अनन्त समृद्दिको गर्नु छ विजारोपण
    सजाउनु छ त्यसैमा गर्दै पालनपोषण

    प्रदेश लुम्बिनी¸ हो हाम्रै शान
    विश्वले मानेको शान्तिको मुहान
    जहाँ जन्मिए सिद्दार्थ गौतम
    दरबारमा रमाएनन्¸ त्यागे घरबार
    बुझ्नु छ हाम्ले सरल त्यो जीवनयापन
    शासनको शान र प्रशासनको प्रभाव
    तुल्याउने हाम्ले नै हो सम्भव

    घरदेश छाड्नेलाई प्रदेशले फर्काउँनुछ
    परै राख्नु छ परदेशको परनिर्भरता
    आत्मसात गराउँनु छ आत्मनिर्भरता
    रमाउने दिन गए अब आत्मरतिमा
    पस्नु छ¸ बस्नु छ जनजनको मनमा
    बनाउँदै लानु छ सबैलाई स्वाभिमान
    अन्तरकुन्तरमा पनि
    बढाउनु छ आत्मसम्मान

    बन्दै आयौँ हामी बुद्दका अनुयायी
    बनौँ फेरि समृद्दिका सारथी
    सिर्जनशील प्रशासनका पारखी
    छदै छ नि आत्मनिर्भरमै सबथोक
    छ जगत्¸ छन् जनता¸ छैन अरुथोक
    हाम्रै बन्ने हो त्यो सुन्दर र शान्त
    अनि समृद्द लुम्बिनी प्रदेश पनि ।

    (निजामती सेवा दिवस, २०८० को उपलक्ष्यमा लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय राप्ती उपत्यका (देउखुरी)द्वारा आयोजित गीत/कविता र गजल/मुक्तक प्रतियोगितामा विष्णु घर्तीले दोस्रो स्थान हासिल गर्नु भएको थियो।) 

     

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend