Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

‘टेक ट्रेण्ड्स, २०२३’ सिम्फोजियम कार्यक्रम सम्पन्न


२५, भदौ २०८०
  • 223
    SHARES
  • ‘टेक ट्रेण्ड्स, २०२३’ सिम्फोजियम कार्यक्रम सम्पन्न

    काठमाडौँ । काठमाडौँको बनस्थलीस्थित काठमाडौँ बिजनेश क्याम्पस (केबीसी)ले सञ्चालन गरेको ‘टेक ट्रेण्ड्स, २०२३’ सिम्फोजियम कार्यक्रम आइतबार सम्पन्न भएको छ । केबीसीको परिसरमा सम्पन्न सिम्फोजियम कार्यक्रममा आईटी क्षेत्रका विज्ञको प्रस्तुति रहेको थियो ।

    कार्यक्रममा पछिल्लो समय चर्चामा रहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डाटा साइन्स र साइबर सुरक्षाको विषयलाई तीनवटा शत्रमा विभाजन गरी बिस्तृतरुपमा छलफलसमेत गरिएको थियो । कार्यक्रमको प्रारम्भमा ‘जिरो वेस्ट वेबसाइट’ सार्वजनिक गरिएको थियो ।

    उक्त‘एप’ काठमाडौँ बिजनेश क्याम्पसको बिसीएमा अध्ययनरत तेस्रो सेमेष्टरका विद्यार्थीले बनाएका हुन् । साथै काठमाडौँ बिजनेश क्याम्पसले आफ्नो नयाँ लोगो पनि सो अवसरमा सार्वजनिक गरेको थियो ।

    कार्यक्रममा ‘इमर्जिङ ट्रेन्ड्स इन आइसिटीः अवसर र चुनौतीहरु’ विषयमा समिर थापाले प्रस्तुति दिनुभएको थियो । पहिलो शत्रमा विभिन्न विषयमा रोजेश सिखाकर, इन्जिनियर तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता योगेश अर्याल र सुमन सापकोटाको प्रस्तुती रहेको थियो । उहाँले नेपालमा प्रविधि क्षेत्रमा निकै कम लगानी भएकाले यसको विकासमा पछि परेको बताउनुभयो । 

    यसैगरी कार्यक्रममा एसिया प्रोजेक्ट फाउण्डेसनका निर्देशक साजना महर्जन अमात्य, श्रीप्रसाद खनाल र पदमराज पन्तको प्रस्तुती रहेको थियो । यस्तै ‘नेटवर्किङ एण्ड साइबर सेक्युरिटी’बारे टोरन्टो विश्वविद्यालयका विज्ञ डा. डिल्ली शर्माको प्रस्तुति रहेको थियो । सुबिसु केबल नेटका रामकृष्ण परियार, पंकजकुमार ठाकुर र रमेश पोखरेलको समेत कार्यक्रममा प्रस्तुती रहेको थियो । 

    सिम्फोजियम कार्यक्रममार्फत विद्यार्थीले आफूलाई कुन विषय पढ्दा सक्षम र गुणस्तरिय शिक्षा प्राप्त गर्न सकिन्छ भन्नेबारे बुझ्ने मौका मिलेको काठमाडौँ बिजनेश क्याम्पसले विश्वास लिएको छ । क्याम्पसले यसअघि पनि विभिन्न कार्यक्रम आयोजना गर्दै आएको थियो । 

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend