Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अन्तर्राष्ट्रिय महोत्सवमा नेपाली चलचित्रको पहिलो प्रदर्शनी


२६, भदौ २०८०
  • 231
    SHARES
  • अन्तर्राष्ट्रिय महोत्सवमा नेपाली चलचित्रको पहिलो प्रदर्शनी
    काठमाडौं ।  नेपाली चलचित्रको उपस्थिति अन्तर्राष्ट्रिय महोत्सवमा बढ्न थालेको छ । कुनै समय अन्तर्राष्ट्रिय बजारको खोजीमा रहने नेपाली चलचित्र निर्माता तथा निर्देशक अहिले पहिलो प्रदर्शनी (वर्ल्ड प्रिमियर)का लागि प्रख्यात महोत्सवमा पुग्न थालेका छन् । यसै सातामात्रै दुई नेपाली चलचित्रको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पहिलो प्रदर्शनी गरिएको छ । 
     
    यही भदौ १३ देखि २३ सम्म इटालीको भेनिसमा सञ्चालन भएको ‘भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को ८०औँ संस्करणमा निर्देशक फिडेल देवकोटाद्वारा निर्देशित चलचित्र ‘दि रेड सुटकेस’को पहिलो प्रदर्शनी भयो । जसमा कलाकार सौगात मल्ल, विपिन कार्की र सृष्टी श्रेष्ठ सहभागी हुनुभयो । उहाँहरूले आफ्नो चलचित्रको विषयमा स्थानीय मिडियालाई जानकारी गराउनुका साथै अन्तर्राष्ट्रिय चलचित्रकर्मीसँग साक्षात्कार गर्नुभयो । 
     
    महोत्सव अन्तर्गतको दोस्रो मुख्य प्रतिस्पर्धा ‘होराइजन’ विधामा छानिएर प्रदर्शन भएको चलचित्रमा वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभाव देखाइएको निर्देशक देवकोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो कथालाई विश्वका चलचित्रकर्मीले हेर्नुभयो । उहाँहरूको नेपाली चलचित्रप्रतिको सोच सकारात्मक भएको पायौँ । चलचित्रको माध्यमले कला र संस्कृतिको प्रवद्र्धधन भएको छ ।”
     
    उहाँले चलचित्रमा पिकअप ट्रकमा सामान र रातो सुटकेस लिएर जाने ड्राइभरको यात्राको कथा प्रस्तुत गरिएको जानकारी दिनुभयो । उक्त यात्रासँगै देशको आर्थिक, राजनीतिसँग परिचित हुने निर्देशक देवकोटाको भनाइ थियो । 
     
    यस्तै,  चलचित्र ‘गाउँ आएको बाटो’ टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा पहिलो प्रदर्शनी ९प्रिमियर० भएको छ । भदौ २१ गते सुरू भएको महोत्सव ३१ गतेसम्म चल्ने छ । नवीन सुब्बाले निर्देशन गर्नुभएको चलचित्रको प्रदर्शनीमा कलाकार दयाहाङ राई र पशुपति राई सहभागी हुनुभएको थियो । 
     
    चलचित्र राई जातिको सामाजिक पृष्ठभूमिमा तयार भएको छ भने गाउँमा मोटरेबल सडकको पहुँच भएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरिएको छ । निर्देशक सुब्बाले विश्वको प्रतिष्ठित चलचित्र महोत्सवमा नेपाली  प्रदर्शन हुनु सकारात्मक भएको बताउनुभयो । 
     
    अभिनेता राईले गाउँको भोगाइलाई पात्रमार्फत बाँच्न पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय दैनिकीबाट हटेको गाउँको जनजीवनमार्फत समस्या र भोगाइलाई प्रस्तुत गरेका छौँ । विकासको प्रक्रियाले आम मानिसलाई न्याय नगरेको अवस्था छ । यस्तै सेरोफेरोमा चलचित्र तयार भएको छ ।”
     
    निर्देशक सुब्बाले निर्देशनको सुरुआत गर्नुभएको पहिलो चलचित्र ‘खाङ्गी’ नै अन्तर्राष्ट्रिय बजार पुगेको थियो । यसअघि उहाँद्वारा निर्देशित ‘नुमाफुङ’ चलचित्र फुकुओका, गोटेवर्ग, सन्फ्रान्सिस्कोजलगायतका  अन्तर्राष्ट्रिय महोत्सवमा छनोट भएको थियो ।
     
    चलचित्रमा प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारले अभिनय गर्नुभएको छ । महेश राई र निर्देशक सुब्बाले लेख्नुभएको चलचित्रमा जोस हेरमले छायाङ्कन, क्वान पुन लिउङले सम्पादन र हेडी लीले सङ्गीत भर्नुभएको छ । 

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend