काठमाडौं । सुनिलकुमार थापाको निर्माण तथा निर्देशनमा बनेको नेपाली चलचित्र ‘एक भागवत् र एक गीता’ प्रदर्शनमा आएको छ । आउँदो हरितालिका तीजलाई लक्षित गर्दै चलचित्र ‘एक भागवत् र एक गीता’ प्रदर्शनमा ल्याईएको निर्माण पक्षले जनाएको छ ।
चलचित्रमा अभिनेता विपिन कार्कीका साथमा धीरज मगर, सुहाना थापा, कविर खड्का, जेविश श्रेष्ठ र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झा लगायतको अभिनय देख्न पाईनेछ । चलचित्रमा अभिनेता विपीन कार्कीले सामाजिक प्रेमकथामा ‘कमलामाई’को भूमिकामार्फत यौनिक लैङ्गिक अल्पसङ्ख्यक समुदायको जीवनलाई प्रस्तुत गर्नुभएको छ ।
।
चलचित्रमा सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुङ्गेलको पटकथा, राजेश श्रेष्ठको छायाँङ्कन, मित्र डी गुरुङको सम्पादन तथा हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।