बुटवल । करिब चार महिना अगाडि बुटवलमा सञ्चालनमा आएको आईएमई ग्रुप अन्तर्गत चन्द्रप्रसाद ढकाल अध्यक्ष रहेको लुम्बिनी केवलकारमा पर्यटकको संख्या सुनसान रहेको छ ।
बुटवल उपमहानगरपालिका वडा न.३ बमघाटमा पहिलो स्टेसन रहेको केबलकार चुरे क्षेत्रमा बनाईएको छ । २.६ किलोमिटर दुरीमा पाल्पाको तिनाउ गाउँपालिका वडा न.४ मा दोस्रो स्टेसनमा कामाख्या देबीको मन्दिर रहेको छ । एउटा मन्दिर बाहेक पर्यटकलाई अन्य कुनैपनि हेर्न लायक आकर्षक छैन् ।
आईतबार केबलकारमा चढेर कामाख्या मन्दिर पुगेका एक बयोबृद्ध आन्तरिक पर्यटकले भने, म त इन्डियाको कामाख्या जस्तै शक्तिशाली होला भनेर आएको हुँ, कामाख्या देबीलाई एउटा भक्कल गरेको थिए । त्यसैले यहाँ आएको सोचेजस्तो केही रहेनछ । टिकट दर पनि महंगो लाग्यो ।
दोस्रो स्टेसन बनेको क्षेत्रमा योभन्दा पहिले स्थानीय सर्वसाधारणको बस्ति थियो । ती बस्तिहरुलाई बिस्थापित गर्दै हाल केबलकार सञ्चालन र मन्दिरको निर्माण गरि पर्यटकिय स्थल बनाउन निजी कम्पनीले अरबौं लगानी गरेपनि तर पर्यटकलाई आकर्षक गर्ने केही नरहेको र टिकटमा भारी दर लगाएको भारतको युपीबाट आएका त्यहाँ स्थानीय नेता समेत रहेका मनोज पाण्डेले बताउनुभयो ।
उहाँले भन्नुभयो, म एक भागत हुँ, दैनिक पुजापाठ गर्छु, भारतमा रहेको कामाख्या देबिको शक्ति पिँठ जस्तै ठानेर नेपाल घुम्न र केबलकार चढ्न आएको आन्तरिक तथा बाह्य पर्यटकका लागि धेरै महंगो टिकट लिदै आएको रहेछ । जसले गर्दा छोटो दुरीमा यति धेरै पैसा लिनु उचित होईन् । ब्यापारी दृस्ठिकोणले मात्रले बनाएको पाइयो । धार्मिक आर्कषण र पर्यटकीय हिसाबले त्यति महत्वपुर्ण र उचित देखिएन । उहाँले भन्नुभयो,म चन्द्रागिरी र मनकामना केबलकारमा पनि गएको छु l