Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

‘बसन्त’ का दुई कृति एकसाथ सार्वजनिक


१४, असोज २०८०
  • 168
    SHARES
  • ‘बसन्त’ का दुई कृति एकसाथ सार्वजनिक

    काठमाडौँ । सहप्राध्यापक गोपाल पौडेल ‘बसन्त’ का दुई कृति सार्वजनिक भएका छन् । ‘हे देव तिमी’ नेपाली र ‘आउट अफ बक्स’ अङ्ग्रेजी भाषाका कृति आध्यात्मिक चेतना र जीवन जगत् बुझाउने काव्य हुन् ।

    त्रिभुवन विश्वविद्यालयअन्तर्गत धनकुटा क्याम्पसमा लामो समयसम्म अङ्ग्रेजी भाषा र साहित्यको प्राध्यापन गरेका ‘बसन्त’ को ‘हे देव तिमी’ मा नौवटा लामा कविता समावेश छन् । पूर्वीय जीवन पद्धतिका उनका कवितामा ज्ञान र विज्ञानमध्ये ज्ञानको सत्ता नै सर्वोपरी हुने सत्य स्थापना गरिएको छ । 

    त्यसभन्दा भिन्न अङ्ग्रेजीको ‘आउट अफ बक्स’ चाहिँ २२८ वटा छोटा कविताहरुको सङ्ग्रह हो । अनुभूति, अध्यात्म, जीवन दर्शन, प्रकृतिलगायतका विविध विषय समेटिएका छोटा कविता कलात्मक पनि छन् । 

    यसअघि ‘बसन्त’ का तीनवटा कविता सङ्ग्रह प्रकाशन भइसकेका छन् । तीमध्ये अङ्ग्रेजीको ‘मन’ र ‘मन र प्राण’ संयुक्त राज्य अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीको दक्षिण एसिया अध्ययनमा पाठ्य सामग्रीका रुपमा प्रयोग गरिएको छ ।

    ‘आउट अफ बक्स’ पनि सन्दर्भ सामग्रीका रुपमा राखिएको त्यहाँका प्राध्यापक डा. मारोहाङ याक्थुङले भूमिकामा लेखेका छन् । दुबै पुस्तक सेर्गेम प्रकाशन गृह दमकले प्रकाशन गरेको हो । 

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend