Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नेपालगञ्जमा सद्भाव पदयात्रा


१६, असोज २०८०
  • 281
    SHARES
  • नेपालगञ्जमा सद्भाव पदयात्रा

    बाँके । नेपालगञ्जमा आज बृहत सद्भाव पदयात्रा आयोजना गरिएको छ । सामाजिक सद्भाव र धार्मिक एकता कायम गर्ने उद्देश्यले बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगी, मुस्लिम धर्मका धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीलगायतका धर्मगुरु, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारणको सहभागितामा पदयात्रा निकालिएको हो । 

    बीपी चोकबाट सुरु भएको पदयात्राले मुख्य बजारको परिक्रमा गरेको थियो । सामाजिक सद्भाव नेपालगञ्जको पहिचान भएकाले यसलाई अझै प्रगाढ बनाउन पदयात्रा आयोजना गरिएको बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगीले बताउनुभयो । 

    जिल्ला प्रशासन कार्यालय बाँकेमा सोमबार भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकले धार्मिक तथा सामाजिक सद्भाव प्रगाढ बनाउन पदयात्रामा सहभागी हुन सबैलाई अपिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताउनुभयो । 

    “सामाजिक सद्भावको नमूना सहर नेपालगञ्ज हरेक धार्मिक सम्प्रदाय, जातजाति, भाषाभाषी, वर्ण, लिङ्ग र समुदायको साझा चौतारी हो,” नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले भन्नुभयो, “नेपालगञ्जको शान्त सामाजिक सद्भाव र आपसी एकतामा खलल पुर्‍याउन खोज्नेविरुद्ध फेरि एकपटक नेपालगञ्जवासीले अभूतपूर्व एकता देखाउनुपर्ने अवस्था आएको छ ।”

    नेकपा (एमाले) बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले कोही कसैबाट पनि हुने सामाजिक सद्भाव र धार्मिक सहिष्णुता खल्बल्याउन नहुने बताउनुभयो । कुनै पनि व्यक्ति, सङ्घ संस्था वा समुदाय विशेषले कसैको धार्मिक आस्थामा आँच पुर्‍याउने, धार्मिक विद्वेष फैलाउने वा कुनै धर्मविरुद्ध हुने गरी कुनै पनि किसिमको गतिविधि नगर्न उहाँले आग्रह गर्नुभयो । 

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend