Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

महोत्सवमार्फत संस्कृति र उत्पादनको प्रवर्द्धन गरिँदै


१९, असोज २०८०
  • 141
    SHARES
  • महोत्सवमार्फत संस्कृति र उत्पादनको प्रवर्द्धन गरिँदै

    गण्डकी । बिहीबार बिहानैदेखि हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम बजारमा स्थानीयवासीको राम्रै चहलपहल थियो ।

    परम्परागत थकाली पोशाकमा सजिएका थकाली समुुदायका महिला तथा पुरुष घरपझोङ गाउँपालिकाको आयोजनामा बिहानैदेखि कृषि तथा पर्यटन मेलाको तयारीमा जुटिसकेका थिए ।

    चिसोको प्रवाह नगरी मेलालाई लक्षित गरी तयारी गरिएको झाँकी, घोडचढीहरूको चहलपहललाई मुस्ताङ भित्रिएका स्वदेशी एवं विदेशी पर्यटकले पनि उत्सुकतापूर्वक नियालिरहेका थिए । 

    सोह्र श्राद्धको समयका कारण यतिखेर ठूलो सङ्ख्यामा धार्मिक पर्यटक मुस्ताङमा छन् । दुुई दिनअघिदेखि लगातार पानी परे पनि बिहीबारदेखि मौसम खुल्दा मुस्ताङको वातावारण सुन्दर देखिनुका साथै महोत्सवको उद्घाटन भव्य बनेको थियो ।

    चिसो मरुभूमिका उपमा पाएको मुस्ताङका पर्यटकीय आकर्षण, यहाँका कृषिजन्य उत्पादनको प्रवर्द्धनको उद्देश्यका साथ बिहीबारदेखि तीनदिने कृषि तथा पर्यटन महोत्सव आयोजना गरिएको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताउनुभयो ।

    मुस्ताङमा रहेका प्राचीन मौलिक संस्कृतिसँगै यहाँका उत्पादनलाई बजारमा पुर्याउँदै कृषि र पर्यटनलाई जोड्नका लागि महोत्सवको आयोजना गरिएको उहाँले बताउनुभयो । महोत्सवका अवसरमा मौलिक संस्कृतिमा आधारित थकाली नृत्य, याक नृत्य आदिलाई पर्यटकले अभिरुचिपूर्वक अवलोकन गरेका थिए ।

    घरपझोङ गाउँपालिकामा उत्पादित कृषिजन्य सामग्रीका साथै अन्य विभिन्न गरी १५ व्यापारिक कक्ष राखिएका रोजगार संयोजक शर्मिला श्रीसले जानकारी दिनुभयो । व्यापारिक कक्षमा स्याउ, जाम, माडा, सुकुुटीलगायत बिक्रीका लागि राखिएको छ ।

    महोत्सवमा आउने पर्यटकले स्याउका विभिन्न प्रजाति, समाजमा प्रचलित प्राचीनकालदेखि प्रयोग हुँदै आएका भाँडाकुँडा आदि अवलोकन गर्न, जान्न र बुझ्न पाउने व्यवस्था मिलाइएको छ ।

    महोत्सवमा व्यापारिक कक्ष राखेको जोमसोम महिला लघु उद्यमी समूूहले आफ्ना उत्पादन बिक्री एवं प्रदर्शनीका लागि राखेको मीना शेरचनले बताउनुभयो ।

    “हामीले समूहबाटै उत्पादित जाम, माडा, स्याउको सुकुटी आदि व्यापार एवं प्रदर्शनीका लागि राखेका छौँ”, उहाँले भन्नुभयो, “समूह भर्खर–भर्खरै कृषिजन्य उत्पादनको प्रशोधन एवं ब्रान्डिङमा लागेकाले  हामीलाई तालिम आवश्यक छ ।”

    यहाँ राखिएका विभिन्न कक्ष उद्यमशीलताको विकासका लागि जान्न र बुझ्न चाहनेका लागि बहुुउपयोगी बनेको स्थानीयवासीले बताए । महोत्सवमा सिरिघाङ कृषक समूहले आफ्ना समूहबाट उत्पादित उवाको सातु, हरियो केराउ, फापरको पीठो, टिमुरको छोपजस्ता वस्तु प्रदर्शनी एवं बिक्रीमा राखिएको छ ।

    एघार जना स्थानीय आबद्ध भई आफूहरूले समूहमार्फत कृषिजन्य उत्पादन बढाउँदै त्यसको बजारीकरणमा जुटेको समूहका अध्यक्ष निमकुमारी शेरचनले बताउनुभयो ।

    आफूूहरूले गाउँघरमा यसअघि गर्दै आएका कृषिकर्मलाई समूहमार्फत सङ्गठित गर्दै अघि बढाउँदा त्यसले प्रत्येकलाई थप प्रोत्साहित गराउने गरेको समूहका सदस्य छिरिङ गुरुङले बताउनुुभयो । महोत्सवमार्फत मौलिक संस्कृति एवं कृषिजन्य उत्पादनको बजारीकरणमा महत्त्वपूर्ण सहयोग पुगेको उहाँले बताउनुभयो ।

    महोत्सवमा ठिनी सामुदायिक घरबास (होमस्टे)ले थकाली संस्कृतिमा आधारित विभिन्न खाद्यवस्तुको व्यापारिक कक्ष राखेको छ । फापरले बनाएको झिनुवालगायतका विभिन्न परम्परागत हिमाली खाद्यवस्तु राखिएको होमस्टेका सदस्य निरज थकालीले बताउनुभयो ।

    “महोत्सवमा राखिएका कृषिजन्य उत्पादन, बन्ने परिकार आदिले यहाँको मौलिकतालाई उजागर गरेका छन्”, उहाँले भन्नुभयो, “तीनदिने यो मेला यहाँको कृषि र पर्यटनको प्रवर्द्धनका लागि महत्त्वपूर्ण बन्ने विश्वास लिएका छौँ ।”

    पर्यटनको विकासका लागि स्थानीय कृषिजन्य उत्पादनलाई जोड्नुु अपरिहार्य हुने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका अधिकृत सागर श्रेष्ठले बताउनुभयो । “पर्यटनलाई लक्षित गरी उत्पादन पनि बढाउनु आवश्यक छ”, उहाँले भन्नुुभयो, “कृषि र पर्यटनलाई सँगसँगै बढाउन सकेमा यसले दिगो पर्यटनलाई महत्त्वूर्ण टेवा पुर्याउँछ ।”

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend