रुपन्देही । ट्याकटर व्यवसायीहरूले रुपन्देही देवदह नगरपालिकाको कार्यालय घेराउ गरेका छन्।
खोला उत्खननको लागि स्थानीय ट्याक्टर प्रयोग नगरिएको भन्दै उनिहरुले नगरपालिकाको कार्यालय घेराउ गरेका हुन् । आइतबार ट्याक्टर धनि र मजदुरहरूले नगरपालिकाको कार्यालयमा ट्याक्टर लगेरै घेराउ गरेका हुन् ।
खोला उत्खननका लागि ठुला टिप्पर र हाइवा प्रयोग हुँदा आफूहरू कामविहीन भएको भन्दै उनीहरूले ट्याक्टरले पनि उत्खनन सामाग्री बोक्न पाउनु पर्ने माग राखेका छन् ।
देवदह नगरपालिकाले ठेक्का प्रक्रिया पूरा गरि १३ जेष्ठमा नदिजन्य प्रदार्थ खुला गरेको थीयो ।