काठमाडौं । गायिका समीक्षा अधिकारीले स्वर दिएकी "आफ्नो आफ्नो दुख" बोलको गीतको फिमेल भर्सन सार्वजनिक भएको २४ मै युट्युबको टप ट्रेन्डिङमा परेको छ । पशुपति शर्माको आफ्नै युट्युब च्यानलमा शुक्रबार विहान सार्वजनिक भएको यो गीत हालसम्म ७ लाख ५४हजारभन्दा धेरैले हेरिसकेका छन् ।
पशुपति शर्माको शब्द र संगीतमा निर्माण गरेको गीतलाई दुर्गा पौडेलले निर्देशन र प्रकाश धमलाले सम्पादन गरेका छन् । गीतको भिडियोमा गायिका अधिकारीलाई नै देख्न सकिन्छ । यस अघि यो गीतमा गायक पशुपति शर्माको आवाज सुन्न सकिन्छ ।
अभिनेता पल शाहसँगको मुद्दा मामिलाबाट झण्डै एक वर्षसम्म साङ्गितिक जीवनबाट हराएकी अधिकारी पुनः साङ्गितिक क्षेत्रमा फर्किएकी हुन् ।