Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

ललितपुरको खोकनामा मनाइयो सिकाली जात्रा


२८, असोज २०८०
  • 181
    SHARES
  • ललितपुरको खोकनामा मनाइयो सिकाली जात्रा

    ललितपुर । ललितपुरको खोकनामा लिच्छविकालीन इतिहास बोकेको १२ वर्षे रुद्रायणीदेवी मेलाको मुख्य जात्राको तयारी पुरा भएको छ । 

    ललितपुर महानगर २१ नंवर वडा र श्री रुद्रायणी गुठीले आइतबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै १२ वर्षे रुद्रायणीदेवी मेला अन्तर्गत असोज शुक्ल तृतिया अर्थात मंगलबार हुने मुख्य जात्राको तयारी पुरा भएको जनाएको हो । धार्मिक तथा तान्त्रिक महत्वको यो मेलाका लागि १४ देवको गुफा राख्ने कार्य यसअघि नै सुरु भइसकेको छ ।

    गुफापछि दसैंको घटस्थापनाको भोलिपल्टदेखि १२ वर्षे मेला औपचारिक रुपमा सुरु हुन्छ । घटस्थापनाको भोलिपल्ट रुद्रायणी देवगणहरुबाट आफ्नो शक्ति सञ्चय स्वरुप बिभिन्न स्थानहरुमा  द्यो काः वनेगु कार्य गरिन्छ भने असोज शुक्ल तृतियाका दिन ढोका बाहिर चोखो राँगा काट्ने दिन अर्थात देःसा मनाइने वडा नं २१ का वडाध्यक्ष रवीन्द्र महर्जनले जानकारी दिनुभयो ।

    जात्रा अन्तर्गत कार्तिक ३ गते शिकाली जात्रा हुने र चार गते नाँच प्रदर्शन गरिने श्री रुद्रायणी गुठीका अध्यक्ष बुद्धिरत्न ढंगोलले जानकारी दिनुभयो । 

    जात्राको समयमा रुद्रायणी मन्दिरबाट सिकालीसम्म जात्रा सुचारु गर्दा रुद्रायणी मन्दिरको आफ्नै बाटो रहेको छ । माथिल्लो ‘लाछी ’ र तल्लो ‘लाछी ’ देखि रुद्रायणी विद्यालय हुदैं सिकाली जाने मार्गलाई देवता मार्ग भन्ने गर्दछन् । रुद्रायणी देवीको १२ वर्षे मेला देश र जनताको रक्षार्थ देखाइने भएकाले यसको छुट्टै महत्व रहेको रुद्रायणी गुठीले जनाएको छ । 

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend