Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

इजराइल र हमासबीच युद्धविरामको रुसी प्रस्ताव सुरक्षा परिषद्मा अस्वीकृत


३०, असोज २०८०
  • 120
    SHARES
  • इजराइल र हमासबीच युद्धविरामको रुसी प्रस्ताव सुरक्षा परिषद्मा अस्वीकृत

    काठमाडौँ । मानवीय आधारमा इजराइल र हमासबीच युद्धविराम गर्ने रुसी प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले अस्वीकार गरेको छ । युद्धविराम गर्ने रुसी प्रस्ताव पारित हुन आवश्यक न्यूनतम मत प्राप्त हुन नसकेपछि प्रस्ताव अस्वीकृत भएको हो ।  

    रुसले परिषद्मा गाजामा मानवीय आधारमा युद्धविराम गर्नुपर्ने प्रस्ताव पेश गरेको थियो । उक्त प्रस्तावको पक्षमा चीन, ग्याबोन, मोजाम्बिक, रुस र संयुक्त अरब इमिरेट्सले समर्थन गरेका थिए । सोमबार भएको मतदानमा संयुक्त अधिराज्य, अमेरिका, फ्रान्स र जापानले विपक्षमा मतदान गरेका थिए ।

    इजराइलमाथि हमासले गरेको आक्रमणप्रति रुसी प्रस्तावले हमासको आलोचना नगरेको भन्दै फ्रान्स, अमेरिका र संयुक्त अधिराज्यले प्रस्तावको विपक्षमा मतदान गरेका थिए । छ मुलुक अल्बानिया, ब्राजिल, इक्वेडर, घाना, माल्टा र स्विट्रल्यान्डले मतदानमा भाग लिएनन् । रुसी प्रस्ताव अघि बढ्नका लागि उक्त प्रस्तावको पक्षमा नौ मत आवश्यक थियो । 

    संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले रुसले इजराइलमाथि हमासको आक्रमणलाई उपेक्षा गरेको र पीडितहरूको अपमान गरेको भन्दै अमेरिकाले रुसको प्रस्तावलाई समर्थन गर्न नसक्ने बताउनुभयो । 

    “हमासको आलोचना नगरेर रुसले आतङ्कवादी समूहलाई आश्रय दिइरहेको छ जसले निर्दोष सर्वसाधारणप्रति अत्याचार गरेको छ, यो अपमानजनक, कपटपूर्ण र अक्षम्य छ”, उहाँले भन्नुभयो । 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend