Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सप्तरीका शक्तिपीठमा भक्तजनको भीड


३, कात्तिक २०८०
  • 184
    SHARES
  • सप्तरीका शक्तिपीठमा भक्तजनको भीड

    सप्तरी । नेपालीको महान् चाड बडादसैँ सुरु भएसँगै सप्तरीका विभिन्न धार्मिकस्थलहरुमा श्रद्धालु भक्तजनको चहलपहल बढेको छ । मधेस प्रदेशको सप्तरीस्थित छिन्नमस्ता गाउँपालिकामा रहेको प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरको शक्तिपीठ दर्शनार्थीको चहलपहल  बढेको छ । जिल्लाका दुई शक्तिपीठसहित यस वर्ष भने विभिन्न मन्दिरमा पनि दर्शनार्थीको चहलपहल भइरहेको छ ।

    नेपालकै प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरमा घटस्थापनादेखि नै ठूलो सङ्ख्यामा श्रद्धालु भक्तजन पूजापाठ गर्नका लागि आउने गरेको छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले बताउनुभयो ।

    विजयीदशमी सुरु भएको आज छैटौँ दिन हजारौँको सङ्ख्यामा भगवतीको दर्शन एवं पूजापाठका लागि भक्तजन आएको उहाँले जानकारी दिनुभयो । छिन्नमस्ता भगवती मन्दिरमा छिमेकी मुलुक भारतबाट समेत दैनिक हजारको सङ्ख्यामा यहाँ श्रद्धालु भक्तजन आउने गरेको छिन्नमस्ता मन्दिरका पीठाधीश एवं मूल पुजारी महाकान्त ठाकुरले बताउनुभयो ।

    यस्तै, सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित भारदहमा रहेको  कङ्कालनी भगवती मन्दिरमा भक्तजनको निकै भीड लागेको छ । पूर्व–पश्चिम राजमार्ग छेउमा अवस्थित सो मन्दिरमा पनि घटस्थापनादेखि आज छैटौँ दिन बिहानदेखि मन्दिरमा लाइनमा बसेर भक्तजन पूजाआजा गरिरहेको नगरप्रमुख वीरेन्द्र माझीले जनाकारी दिनुभयो । 

    महानवमीका दिन यहाँ पशु बलि हुने दिन लाखौँको सङ्ख्यामा भक्तजनको भीड लाग्ने गर्दछ । नवमीका दिन अत्यधिक भीडका कारण भक्तजनलाई हुने असुविधालाई ध्यानमा राखी व्यवस्थित रुपमा यहाँ स्वयंसेवक परिचालन गर्नाका साथै मन्दिर क्षेत्रमा सरसफाइ गरिनाका साथै मन्दिरलाई सिङ्गारिएको मन्दिर विकास समितिका सचिव प्रभु मण्डलले जानकारी दिनुभयो ।

    मन्दिर विकास समितिका सचिव मण्डलका अनुसार कङ्कालिनी मन्दिरमा पूजा गर्ने भक्तजनको अत्यधिक घुइँचो हुन नदिन पूजा गर्नेहरुको छुट्टै पङ्क्ति र खसीबोका बलि दिने भक्तजनको छुट्टै पङ्क्ति लगाउने व्यवस्था गरिएको छ ।

    महानवमीका दिन राँगा बलि हुने महिषासुरको परिसरमा राँगाको पङ्क्ति लगाउने छुट्टै टोली, बलि प्रदान गराउने छुट्टै टोली र राँगा तानेर बाँधसम्म पुर्याउने छुट्टै टोलीको व्यवस्था गरिएको मन्दिर विकास समितिले जनाएको छ  ।

    मन्दिरमा पूजा गर्ने भक्तजनको सुविधाका लागि गाउँका अत्यधिक सङ्ख्यामा युवा परिचालन गर्ने गरिएको छ  । छिमेकी मुलुक भारतबाट समेत दैनिक कङ्कालनी मन्दिरमा दर्शनार्थी दर्शन गर्न आउने गरेका छन् । 

    विजया दशमीका अवरसमा  छिन्नमस्ता भगवती र कङ्कालनी मन्दिरमा बलिसमेत गरिने हुनाले भारतको विहार र नेपालको राजधानी काठमाडौँसहित विभिन्न ठाउँबाट दर्शनका लागि भक्तजन यहाँको शक्तिपीठमा आउने गरेका छन् ।

    यस्तै, सप्तरीको सदरमुकाम राजविराजमा रहेको भगवती मन्दिर, राजदैवी मन्दिरमा आज बिहानदेखि भक्तजनको घुइँचो लागेको छ । घटस्थापनाका दिन शुभसाइतमा गहुँ, जौको जमरा राखी विजयदशमीको दिन माता भगवतीलाई अपर्ण गरी प्रसादका रुपमा लगाइने गरेको छ ।

    गहुँ तथा जौको नवअङ्कुर लगाउनाले सुख, शान्ति, समृद्धि र स्वास्थ्य लाभ हुने पौराणिक मान्यता रहेको पण्डित मृकुन्जाइ झाले बताउनुभयो । नवरात्रिसम्म पूजा गरेर अनुरित जमराको रस बनाएर खानाले विभिन्न रोग निको हुने बताउँदै पौराणिक मान्यताअनुसार निधारमा विजयस्वरुप टीका लगाएर जयरा शिरमा राख्दा शिरको पीडा मानसिक अशान्तिबाट टाढा हुने उहाँको भनाइ छ ।  

  • लोकदोहोरी प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित

    काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा

  • नाना पाटेकरको निधन : भारतीय सिनेमाले गुमायो प्रभावशाली कलाकार

    काठमाडौँ । बलिउड तथा मराठी सिनेमाका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको

  • ९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार, सौगातसँगै डेब्यु गर्दै सोफी

    काठमाडौँ । अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र जुबा को छायाङ्कन सम्पन्न भएको छ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend