Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

पोखरामा पुष्प मेला आयोजना हुदैँ


१५, कात्तिक २०८०
  • 345
    SHARES
  • पोखरामा पुष्प मेला आयोजना हुदैँ

    गण्डकी । तिहारको पूर्वसन्ध्यामा पोखरामा ‘सातौँ गोदावरी पुष्प प्रदर्शनी तथा चौथो गण्डकी प्रादेशिक पुष्प मेला–२०८०’ आयोजना गरिने भएको छ । फ्लोरीकल्चर एशोसिएसन नेपाल जिल्ला समिति कास्कीद्वारा आयोजित सो मेला यही कात्तिक १७ देखि २० गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने जनाइएको छ ।

    पुष्प व्यवसायको विस्तार तथा बजार प्रवर्द्धन गर्ने उद्देश्यले उक्त प्रदर्शनी मेलाको आयोजना गरिएको एशोसिएसनका अध्यक्ष डिलबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार मेलामा फूलका २०, कृषिका तीन र सूचनामूलक एक गरी २४ प्रदर्शनीकक्ष रहनेछन् ।

    “गोदावरी फूलका विभिन्न प्रजातिका फूल र बिरुवासहित अहिलेको याममा फुल्ने सयपत्री तथा मखमली फूलको प्रदर्शनी तथा बिक्री–वितरण हुनेछ”, अध्यक्ष गुरुङले भन्नुभयो, “बीस हजार बढीले पुष्प प्रदर्शनीको अवलोकन गर्ने अपेक्षा लिइएको छ ।”

    एशोसिएसनका पूर्वअध्यक्ष दया दुवाले ‘सुन्दर नगरी पोखराको पहिचान, व्यावसायिक प्रवर्द्धनमा गोदावरीको शान’ भन्ने नाराका साथ प्रदेशस्तरीय पुष्प मेला आयोजना गर्न लागिएको बताउनुभयो । मेलाबाट पुष्प व्यवसाय गर्न चाहाने किसान तथा फूलप्रति अभिरुचि राख्ने ग्राहकले प्रत्यक्ष लाभ लिने उहाँको भनाइ छ ।

    फूलखेती र एशोसियएनले गर्दै आएका गतिविधिबारे पनि प्रदर्शनीस्थलमा जानकारी दिइने पूर्वअध्यक्ष दुवाले बताउनुभयो । “पछिल्लो समय पोखरामा पुष्प व्यवसायप्रति आकर्षण बढेको छ, नर्सरीबाट बिरुवा लगेर गाउँ–गाउँमा फूल उत्पादन गर्ने किसान पनि उत्तिकै हुनुहुन्छ”, उहाँले भन्नुभयो, “पहिले ९० प्रतिशत भारतीय फूलमा निर्भर रहनुपर्थ्र्यो, अहिले त्यो घटेर १५–२० प्रतिशतमा पुगेको छ ।”

    तिहारका बेला भने माग धान्न नसकिने भएकाले भारतबाट फूल आयात गर्नुपर्ने अवस्था रहेको व्यवसायी बताउँछन् । एशोसिएसनका अनुसार गण्डमी प्रदेशमा ४८  नर्सरी सञ्चालन गर्ने पुष्प व्यवसायी छन् । नर्सरीबाट बिरुवा लगेर फूल उत्पादन गर्ने किसानको सङ्ख्या भने धेरै छ ।

    व्यवसायी दुवाले उन्नत बीउबिजन र आधुनिक खेती प्रविधिले पुष्प व्यवसाय फस्टाउँदै गएको बताउनुभयो । उहाँले छिटो फुल्ने हुँदा किसानको आकर्षण उन्नत जातका फूलमा रहेको उल्लेख गर्नुभयो । “ढिलो फुल्ने र उत्पादन कम हुने हुँदा स्थानीय जातका फूलमा आकर्षण घट्दै गएको छ, बजारमा पनि उन्नत जातका फूलको माग बढी छ”, उहाँले भन्नुभयो ।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend