काभ्रे। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा तीन दिने ग्रामीण चलचित्र महोत्सव हुने भएको छ । ग्रामीण परिवेशमा आधारित चलचित्रलाई प्रोत्साहन गर्न उक्त महोत्सव हुन लागेको हो ।
चलचित्र विकास बोर्डको सहयोगमा सेलिब्रेटी नेपाल नामक संस्थाले यही जेठ २५, २६ र २७ गते आयोजना गर्न लागेको उक्त महोत्सवमा ग्रामीण परिवेशमा आधारित २६ चलचित्र तथा ‘डकुमेन्ट्री’को प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा प्रदर्शन गरिएका चलचित्र तथा डकुमेन्ट्रीलाई उत्कृष्ट १० विधामा अवार्ड गरिने संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए । संस्थाले यस अघि गोरखाको लाप्राकमा ग्रामीण चलचित्र महोत्सवको आयोजना गरिसकेका छन ।